फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय अपेक्षा अनुकूल

(GMT+08:00) 2013-11-14 14:32:49

        सुधार तथा खुपालन नीति लागू भएको तीस वर्षभन्दा बढी समययता चीनमा ठूलो आर्थिक विकास भएको छ। यसरी नै आगामी दश वर्षमा चीनले कसरी सुधार गर्नेछ भन्ने विषयमा चीन तथा विश्वका जनताले निकै ध्यान दिएका छन्। चीनको सामाजिक प्रज्ञा प्रतिष्ठानको शहरीय वातावरण अध्ययन केन्द्रका प्रमुख फान च्या ह्वाको विचारमा चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले पारित गरेको "सुधारलाई चौतर्फी रुपमा गहन पार्ने अनेकौँ महत्वपूर्ण विषयसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निर्णय"मा उल्लिखित विषयमा प्रष्ट पारेको छ। अनि पार्टीका यस्ता निर्णय सर्वसाधारणको अपेक्षा अनुकूल पनि रहेका छन्।

         फान च्या ह्वाको विचारमा, वातावरण संरक्षण गर्ने विषयमा उक्त निर्णयले ठूलो सुधार गरेको छ। बैठकले पर्यावरण सभ्यता प्रणालीलाई बैठकको मुख्य विषयमा राखेर "पर्यावरण रातो लाइन" प्रस्तुत गरेको छ। यसबाहेक निर्णयले पर्यावरण व्यवस्थापन प्रणालीको सुधार गर्नमा जोड दिएको छ। त्यसमा तीन विषय रहेका छन्। स्रोत निर्धारणमा बजारको निर्णय भूमिकाको निरन्तरता दिने कुरा पहिलो विषय रहेको छ भने सरकारको भूमिकाको सुधार तथा सबल पार्ने विषय दोस्रो विषय रहेको छ। त्यसैगरी ठोस ऐन, यन्त्र-रचना, प्रणालीको स्थापना गर्ने तेस्रो विषय रेहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह