फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय अपेक्षाकृत

(GMT+08:00) 2013-11-14 14:38:51

          सुधार र खुलापन अँगालेको तीस वर्षभन्दा बढी समयदेखि चीनको अर्थतन्त्रमा धेरै ठूलो विकास भएको छ। त्यसैले आगामी दश वर्षमा चीनले के के सुधार गर्ने छ? यो प्रश्न सबै चिनियाँहरु वा विश्वका जनताहरुका लागि चासोको विषय बनेको छ। चिनियाँ समाज विज्ञान प्रतिष्ठान अन्तर्गत शहरी विकास तथा वातावरण अध्ययन केन्द्रका प्रमुख फाङ च्या ह्वाले तेस्रो पूर्ण बैठकबाट पारित निर्णयमा उल्लिखित प्रश्नबारे स्पष्ट जवाफ भएको बताउनुभयो। उहाँले यी निर्णयहरु अपेक्षा अनुकूल भएको पनि स्पष्ट पार्नुभयो।

          प्रमुख फाङले वातावरण सुरक्षा सम्बन्धी निर्णयमा धेरै ठूलो प्रगति प्राप्त भएको औंल्याउनुभयो। तेस्रो पूर्ण बैठकबाट पारित निर्णयमा पर्यावरणीय सांस्कृतिक प्रणालीको निर्माण गर्ने एजेण्डा रहेको बताउँदै पर्यावरणीय "रातो लाइन" सम्बन्धी समस्यालाई स्पष्ट रुपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो। उहाँले चीनको ऊर्जा श्रोत सीमित रहेको र अहिले प्रदुषण गम्भिर बन्दै गएको औँल्याउँदै पर्यावरणीय "रातो लाइन" लाई प्रस्तुत गरेर बैठकले महत्वपूर्ण अर्थ राखेको बताउनुभयो।

          यसबाहेक अन्य निर्णयहरुमा पर्यावरणीय वातावरणको व्यवस्थापन प्रणालीलाई सुधार गर्ने पनि उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह