फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छैठौं लोज यूरोपेली आर्थिक मञ्च पोल्याण्डमा शुरु

(GMT+08:00) 2013-11-14 09:53:53
      छैठौं लोज यूरोपेली आर्थिक मञ्च तेह्र तारिखदेखि पोल्याण्डको मध्य भागमा अवस्थित औद्योगिक शहर लोजमा शुरु भएको छ। पोल्याण्डेली केन्द्रीय बैंकका गभर्नर मरेक बेल्काले उद्धाटन समारोहलाई सम्बोधन गर्दै पोल्याण्ड यूरो क्षेत्रमा संलग्न भएपछि पाउने अवसर तथा सामना गर्नुपर्ने चुनौतीबारे जानकारी दिनुभएको छ।

      दुई दिनसम्म चल्ने उक्त मञ्चमा पोल्याण्ड, रोमानिया, रुस, जर्मनी, हँगेरी र कजाकिस्तान लगायत विभिन्न मुलुकका पच्चीस हजारभन्दा बढी अर्थविद, सरकारी पदाधिकारी र व्यवसायीहरूको सहभागिता रहेको छ। उनीहरूले आर्थिक सहयोग, क्षेत्रीय विकास र यूरो क्षेत्रमा संलग्न हुने आदि विषयबारे विचार-विमर्श गर्ने कार्यक्रम रहेको छ।

      लोज पोल्याण्डको तेस्रो ठूलो शहर हो। जुन पोल्याण्ड तथा विशेषगरी मध्य पूर्वी यूरोपेली क्षेत्रमा रहेको सबैभन्दा ठूलो टेक्सटाइल र औद्योगिक केन्द्र हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह