फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बजारलाई नयाँ मोड दिने चीनको नीतिप्रति विदेशी सञ्चार-माध्यमको ध्यानाकर्षण

(GMT+08:00) 2013-11-14 15:58:36

      भर्खरै सम्पन्न भएको चिनियाँ कम्यूनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने विषयबारे महत्वपूर्ण बन्दोबस्त मिलाएको छ। सो पूर्ण बैठकले बजारलाई संसाधन निर्धारणमा निर्णायक भूमिका निर्वाह गराउने योजना अनुसार आर्थिक प्रणालीको सुधारलाई गहिरो पार्ने कुरा उल्लेख छ। बजारलाई नै एउटा मोड दिने कुरा विदेशी सञ्चार-माध्यमको लागि पनि ध्यानाकर्षणको विषय बनेको छ।

     अमेरिकी "वाशिङटन पोस्ट"ले जनाएअनुसार, सुधारलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि चिनियाँ कम्युनिष्ट पार्टीले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने र नेतृत्व टोलीको स्थापना गर्ने निर्णय गरेको छ।

       जापानी माइनिची शिनबुनले लेखे अनुसार, चिनियाँ कम्यूनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकले आर्थिक बृद्धिको गुणस्तरमाथि महत्व दिने र बजारको भूमिकामाथि महत्व दिने कार्यनीतिलाई स्पष्ट पारेको छ।

      सिंगापुरको ओ सी बी सी बैंकका आर्थिक विश्लेषक स्य तुङ्ग मिङ्गको विचारमा चिनियाँ कम्यूनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकमा बजारको निर्णायक भूमिका, सुधारलाई चौतर्फी रुपमा गहन पार्ने नेतृत्व टोलीको स्थापना, बित्तीय सुधार, जमीनको सुधार, कानूनी सुधार गरी पाँच वटा उज्ज्वल बिन्दु समेटिएका छन्।

      यसका साथै विदेशी विशेषज्ञहरु र विद्वानहरुले चीनको भावी विकासबारे सक्रियताका साथ सुझाव प्रस्तुत गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह