फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्वारा आर्थिक सुधारलाई अग्रसरता—अमेरिकी विशेषज्ञ

(GMT+08:00) 2013-11-14 11:03:32

     चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्बारा प्रकाशित विज्ञप्तिले विभिन्न पक्षको ध्यानाकर्षण गरेको छ। प्रसिद्ध थिङ्क ट्याङ्क ब्रूकिङ्गस इन्स्टिट्युट अन्तर्गत चिनियाँ मामिला अनुसन्धान विभागका प्रमुख ली छले सि.आर.आईलाई अन्तर्वार्ता लिंदै चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्बारा सुधारका लागि निश्चिततातर्फ प्रोत्साहित भएको व्यक्त गर्नुभएको छ।

      उहाँका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले भविष्यमा चीनको विकास गन्तव्य र दृष्टिलाई निश्चित गरेर महत्वपूर्ण ऐतिहासिक अर्थ लिएको छ।

     "जसबाट राष्ट्राध्यक्ष सीद्बारा प्रस्ताव भएको चिनियाँ संकल्पना देखाइएको छ। भनेको एकातिर चिनियाँ जातिको पुनरुत्थान हो, अर्कातिर अझ महत्वपूर्ण भएको मध्यम वर्गलाई अघि बढाउनु हो।"

      वर्तमान चिनियाँ अर्थतन्त्र परिवर्तित अवधिमा रहेको प्रमुख लीले व्यक्त गर्नुभएको छ। निर्यात र सस्तो श्रमिक शक्तिभर हुने आर्थिक विकास ढाँचा सम्पन्न हुनुपर्छ। वर्तमान चीनले नयाँ सिर्जनात्मक र सेवा उद्योगलाई मुख्य बनाउने आर्थिक ढाँचामा परिवर्तन गर्न खोजिरहेको छ। त्यसैले यस तेस्रो पूर्ण बैठक र त्यसपछिका अनेकन ठोस कदमले उक्त परिवर्तनलाई घच्घच्याउनेछ। साथै दिनप्रतिदिन वृद्धि हुँदै गएको मध्यम वर्गले पनि उपभोगलाई प्रोत्साहन गरेर आर्थिक ढाँचाको परिवर्तनलाई अगाडि बढाउनेछ।

      प्रमुख लीका अनुसार, उक्त विज्ञप्तिमा संसाधन निर्धारणमा बजारले निर्णायक भूमिका खेल्ने विषयमा जोड दिइएको छ। जसबाट हेर्दा चीनले बजारलाई अझ खुलापन दिनेछ। साथै बैकिंङ क्षेत्रको अझ खुलापनले साना तथा मध्यम व्यवसाय, विशेष गरी निजी व्यवसायलाई आवश्यक पूँजी प्रदान गर्नेछ। यसरी यी व्यवसायले बजारको प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउनेछन्। जसबाट स्वच्छ प्रतिस्पर्धा र विकासको वातावरण निर्माण गर्न सकिन्छ। साथै सक्रिय चक्रले अझ बढी विदेशी लगानी आकर्षित गर्नेछ।

      यद्यपि तेस्रो पूर्ण बैठकको विज्ञप्तिमा सुधारलाई गहन पार्ने ठोस कदम नभए तापनि आर्थिक सुधारलाई गहिरो पार्ने महत्वपूर्ण कदमको हैसियतमा अगष्ट महिना शाङ्गहाइ स्वतन्त्र व्यपार क्षेत्रको स्थापना घोषणा भएदेखि नै औपचारिक रुपमा सञ्चालनसम्मको दुई महिनामा स्थानीय घरजग्गाको भाउ 50 प्रतिशतले वृद्धि भएको छ। त्यसैले चीनको आर्थिक सुधार र विकासबारे आशावादी रहेको प्रमुख ली छङ्गले व्यक्त गर्नुभएको छ।

     "मेरो विचारमा यो साँच्चिकै राम्रो मौका हुनुका साथै चीनको आर्थिक विकास गर्ने अर्को परिवर्तनको विन्दु हो। यद्यपि विगत दश वर्षमा मध्यम वर्गको विकास नभएकाले यो एउटा सुरुवात मात्रै हुनसक्छ। चिनियाँ निजी अर्थतन्त्रको नयाँ विकास हामीले हेर्नेछौं। यसमा कुनै शंका छैन। किनभने चिनियाँ कम्युनिष्ट पार्टीका नेतागणले यस विचार-धारणा निश्चित गरिसकेका छन्। यो सी चिन फिङ्ग सरकारको महत्वपूर्ण कार्य उपलब्धी पनि हुनेछ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह