फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र फ्रान्सका राष्ट्रपतिहरुद्वारा इरानको आणविक समस्याको सम्बन्धमा छ मुलुकद्वारा प्रस्तुत गरिएको प्रस्तावको समर्थन

(GMT+08:00) 2013-11-14 08:58:47

      अमेरिकी राष्ट्रपति बाराक ओबामा र फ्रान्सका राष्ट्रपति फ्रान्कोस होल्लान्दले तेह्र तारिख टेलिफोन वार्ता गर्नुभएको छ। उहाँहरुले टेलिफोनमा इरानको आणविक समस्यासम्बन्धी वार्ताबारे छलफल गरी इरानको आणविक समस्यासम्बन्धी छ मुलुकद्वारा प्रस्तुत गरिएको सम्बन्धित प्रस्तावको समर्थन गर्ने कुरा व्यक्त गर्नुभएको छ।

       अमेरिकी ह्वाइट हाउसले वक्तव्य प्रकाशित गर्दै इरानको आणविक समस्यासम्बन्धी छ मुलुकद्वारा प्रस्तुत गरिएको प्रस्ताव र इरानसितको वार्ता प्रक्रियाबारे अमेरिका र फ्रान्सबीच मतैक्यता भएको कुरा बताएको छ।

       गत हप्ता इरानको आणविक समस्यासम्बन्धी छ मुलुकले इरानसँग जेनेभामा तीन दिने वार्ता गरेका छन्। छ मुलुक र इरानले केही ठोस उपलब्धि हासिल गरेका छन्। तर केही समस्याहरुमा दुई पक्षबीच मतभेद रहेको छ। त्यसैले सो वार्तामा सम्झौता पत्र तयार हुन सकेको छैन। दुवै पक्षले यसै महिनाको बीस तारिख जेनेभामा नयाँ चरणको वार्ताको आयोजना गर्न स्वीकार गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह