फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हाई येन"नामक आँधी बेहरीबाट फिलिपिन्समा 2 हजार 3 सय 57जनाको मृत्यु

(GMT+08:00) 2013-11-15 10:15:22

      फिलिपिन्सको राष्ट्रिय प्रकोप निवारण परिषद्ले चौध तारिखका दिन जनाएअनुसार, स्थानीय समय अनुसार चौध तारिख बेलुकी छ बजेसम्म "हाई येन"नामक आँधी बेहरीबाट सारा देशमा जम्मा 2 हजार 3 सय 57जनाको ज्यान जानुका साथै अन्य 84जनाको अवस्था अज्ञात रहेको छ। प्रकोपग्रस्त बासिन्दाहरूको सङख्या 8 सय67भन्दा बढी पुगेको छ भने आर्थिक नोक्सानी झण्डै 9करोड 28 लाख31 हजार अमेरिकी डलर रहेको छ।

      प्रकोप निवारण परिषद्का अनुसार, गम्भीर रुपमा क्षतिग्रस्त भएको ताक्लोबान विमानस्थल बाहेक अन्य नागरिक विमानस्थलहरू पूर्ण रुपमा पुन:सञ्चालनमा आएका छन्। हाल उद्धारकर्ताहरूले जोडतोडका साथ प्रकोपग्रस्त क्षेत्रको बिद्युत र सञ्चार सेवा जोडिरहेका छन्। ताक्लोबान शहरका केही उद्यमी-व्यवसायीले प्रकोपपिडित बासिन्दाहरूलाई नि:शुल्क टेलिफोन पनि उपलब्ध गराएका छन्।

      यसैबीच केही मुलुकले पठाएका चिकित्सा टोलीहरूले हाल क्रमश: प्रकोपग्रस्त क्षेत्रमा पुगेर चिकित्सा उद्धार तथा आवश्यक सहायता गर्न थालेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह