फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाइ येन नामक आँधी बेहरीबाट दुई हजार तीन सय 57 जनाको मृत्यु

(GMT+08:00) 2013-11-15 10:22:01

     14 तारिखसम्म हाइ येन नामक आँधी बेहरीबाट फिलिपिन्समा दुइ हजार तीन सय 57 जनाको मृत्यु हुनुका साथै तीन हजार आठ सयभन्दा बढी मानिस घाइते भएका छन्। त्यसका साथै विभिन्न मुलुकका चिकित्सा टोली क्रमशः प्रकोपग्रस्त क्षेत्रमा पुगेका छन्। तर भयंकर मौसमले उद्धार कार्यलाई नै अवरुद्ध पारेको छ।

     संयुक्त राष्ट्र संघका अनुसार, करिब एक करोड दश लाख मानिस उक्त आँधी बेहरीबाट प्रभावित भएका छन्। हाल प्रकोप पछिको छैटौ दिन भए तापनि प्रकोपग्रस्त क्षेत्रको मौसम निकै गम्भीर रहेको छ।

      यद्यपि फिलिपिन्स सरकार र सामाजिक संस्थाहरुले सक्दो सहयोग तथा उद्धार गरेतापनि प्रकोपग्रस्त क्षेत्रमा खाद्यान्न, खाने पानी, औषधि र आवास लगायतको अभाव छ। फिलिपिन्सका गृहमन्त्री मार रोहाक्सले सञ्चार माध्यमलाई अन्तर्वार्ता लिंदै वर्तमानको सबैभन्दा महत्वपूर्ण कार्य कानून र स्थानीय आदेश बमोजिम पुनःनिर्माण गर्नु र दोस्रो प्रकोपग्रस्त क्षेत्रका जनतालाई खाद्यान्न र खाने पानी प्रदान गर्नुपर्ने बताउनुभएको छ। प्रकोपग्रस्त क्षेत्र धेरै भएका हुनाले सैन्य पक्षले धेरै हेलिकोप्टरहरु पठाए तापनि सबै क्षेत्रमा उद्धार सामग्री पठाउन नसकिने फिलिपिन्स सेनाका प्रवक्ताले बताएका छन्।

     उद्धार कार्यमा भएको ढिलाइले लुटपाटको अवस्था आउन सक्ने पनि देखिएको छ।

      12 तारिख संयुक्त राष्ट्र संघले तीस करोड अमेरिकी डलर लगानी गरेर हालसम्म उद्धार तथा राहत सामग्रीको खरिद गर्न दुई करोड 50 लाख अमेरिकी डलरको प्रयोग गरिसकेको छ। 14 तारिख, अमेरिका, बेलायत, क्यानडा आदि मुलुकका सामान र उद्बारकर्मीहरु क्रमशः फिलिन्पिन्स पुगेका छन्। एशिया विकास बैंकले फिलिपिन्सलाई 52 करोड 30 लाख अमेरिकी डलरको उद्धार लगानी गर्ने निर्णय गरिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह