फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आँधी बेहरी प्रकोपबाट फिलिपिन्समा 2 हजार 3 सय 60 जनाको मृत्यु

(GMT+08:00) 2013-11-15 18:43:16

     फिलिपिन्सको राष्ट्रिय प्रकोप निवारण परिषदले पन्ध्र तारिख "हाई येन"नामक आँधी बेहरीबारे दिएको सूचनाअनुसार, स्थानीय समय पन्ध्र तारिख विहान छ बजेसम्म आँधी बेहरीमा परी 2 हजार 3 सय 60 जनाको मृत्यु भएको छ। साथै 3 हजार 8 सय 53 जना घाइते हुनुका साथै 77 जना अझै बेपत्ता छन्।

      प्रकोप निवारण परिषदबाट प्राप्त जानकारी अनुसार, 2 लाख 50 हजार आबास भवन आँधी बेहरीका कारण ध्वस्त भएका छन्। हालसम्म विभिन्न क्षेत्रको आधारभूत प्रबन्ध र कृषि उपजको आर्थिक नोक्सानी 9 करोड 28 लाख 31 हजार अमेरिकी डलर पुगेको छ।

      यसका साथै प्रकोप निवारण परिषदले हाल फिलिपिन्सको विभिन्न सरकार र स्वयं सेवक संगठनका जम्मा 18 हजार जना उद्धारकर्मीहरु प्रकोप उद्धार कार्यमा संलग्न भएका छन्। यसबाहेक, 844 वटा गाडी, 44 वटा जहाज र 31 वटा विमान पनि प्रकोपको उद्धार कार्यमा पठाइएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह