फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले निवृत्तिभरण उमेर हदलाई क्रमशःपछि सार्ने

(GMT+08:00) 2013-11-16 14:42:52

     नोभेम्बर पन्ध्र तारिखका दिन सार्वजनिक गरिएको "सुधारलाई चौतर्फी रुपमा गहन पार्ने अनेकौं महत्वपूर्ण तथा ठूलो विषयसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय"अनुसार, चीनले निवृत्तिभरण उमेरलाई क्रमशःपछि सार्नेबारे अनुसन्धान तथा तर्जुमा गर्ने भएको छ। चिनियाँ सामाजिक प्रज्ञा प्रतिष्ठानअन्तर्गत विश्व सामाजिक बिमा अध्ययन केन्द्रका प्रमुख चङ पिङ वनले निवृत्तिभरण उमेरलाई क्रमशःपछि सार्ने कुरा पहिलो पटक प्रस्तुत गरिएको र यो सामाजिक सुनिश्चितता क्षेत्रको सुधारको एक नयाँ परीक्षण भएको बताउनुभएको हो।

      चङकाको विश्लेषणअनुसार, विश्वबाट हेर्दा निवृत्तिभरण उमेर पछि सार्ने नीति तुरुन्तै लागू भएको छैन र उमेर हदलाई क्रमशःपछि सार्ने कदम चालिएको छ। निवृत्तिभरण उमेर हरेक केही वर्षमा तीन महिनासम्म पछि सार्न सकिनेछ। निवृत्तिभरण उमेर पाँच वर्षसम्म पछि सार्न करीब बीस वर्ष जति लाग्ने सम्भावना रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह