फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस र सिरियाका राष्ट्रपतिबीच दुई वर्षमा पहिलोपटक टेलिफोन वार्ता

(GMT+08:00) 2013-11-16 15:13:43

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सिरियाका राष्ट्रपति बाशार अल अस्सादले 14 तारिखका दिन टेलिफोन वार्ता गरी सिरिया संकट र दोस्रो जेनेभा बैठकको आयोजना लगायतका विषयबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

      उहाँहरुले टेलिफोनद्बारा गर्नुभएको यो वैचारिक आदान-प्रदान रुसबाट प्रस्तुत गरिएको हो। यो दुई वर्षमा राष्ट्रपति पुटिन र बाशारबीच भएको पहिलो टेलिफोन कुराकानी पनि हो। रुसी राष्ट्रपति पुटिनले आफ्ना समकक्षी बाशारलाई दोस्रो जेनेभा बैठकको आयोजनाका लागि रुस र उसका साझेदारहरुद्बारा गरिएको प्रयासबारे जानकारी दिनुभएको थियो। उक्त बैठकमा संलग्न हुनका लागि सिरिया सरकारले प्रतिनिधि-मण्डल पठाउन तयारी गर्ने विषयलाई राष्ट्रपति पुटिनले सक्रिय मूल्याङ्कन गर्नुभएको छ। सिरियाका मुख्य विपक्षी शक्तिले रचनात्मक तरिकामार्फत उक्त बैठकमा भाग लिने आशा पनि उहाँले व्यक्त गर्नुभयो। दुवै नेताले सिरियाली रासायनिक हतियारको अन्तर्राष्ट्रिय निगरानी र नष्ट गर्ने कार्यबारे छलफल गर्नुभएको छ।

      उहाँहरुले सिरियामा मानव अधिकार बढ्दो उल्लंघनको अवस्थाबारे पनि छलफल गर्नुभएको छ। ईसाई धर्मावलम्बी र अल्पसंख्यक धार्मिक समूहमाथि भएको अत्याचारप्रति राष्ट्रपति पुटिनले चिन्ता व्यक्त गर्नुभएको थियो। सिरियाली सरकारले सक्दो प्रयास गरी सर्वसाधारणसामु परेको असहज परिस्थितिलाई निमिट्यान्न पार्नुका साथै धार्मिक सहिष्णुता पुनस्थापना गर्ने आशा पनि रुसी राष्ट्रपति पुटिनले गर्नुभएको थियो।

      जवाफमा सिरियाली राष्ट्रपति बसारले रुसले सिरियाली जनतालाई दिएको सहयोग र समर्थनप्रति धन्यवाद प्रक६ गर्नुका साथै रुससँग द्बीपक्षीय सम्बन्धको विकासलाई अझै अघि बढाउने इच्छा पनि प्रकट गर्नुभयो।

      निकट भविष्यमै रुसको मुख्य प्रयासमा दोस्रो जेनेभा बैठकको आयोजना हुन लागेको छ। एकातिर रुसले सिरिया सत्तासँग घनिष्ट सम्पर्कलाई कायम राखेको छ र सिरियाले सरकारी माध्यममार्फत् पछिल्लो अवस्थाको जानकारी दिइरहेको छ भने अर्कातिर रुसले सक्दो प्रयासमा सिरियाली विपक्षी शक्तिसँग पनि सम्पर्क गर्न खोजिरहेको छ। जेनेभा बैठकजस्तो अनौपचारिक वार्तामार्फत् विपक्षी शक्तिबीचको वैचारिक आदान-प्रदानलाई अघि बढाउने आशा पनि रुसले गरेको छ।

      यही नोभेम्बर 15 तारिखका दिन केही सञ्चारमाध्यमले जनाएअनुसार, अमेरिकाको सुझावमा केही सिरियाली विपक्षी शक्तिले दोस्रो जेनेभा बैठकमा संलग्न हुन स्वीकार गरेका छन्। डिसेम्बर महिनामा उक्त बैठकको आयोजना हुने तयारी भैरहेको छ तर यो सूची भने औपचारिक पुष्टि गरिएको छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह