फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सुधारलाई चौतर्फी रुपमा गहन पार्ने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय" अभूतपूर्व भएको विदेशी सञ्चार-माध्यमहरुको टिप्पणी

(GMT+08:00) 2013-11-16 15:17:23

     यही नोभेम्बर बाह्र तारिखका दिन सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको सुधार सम्बन्धी नीतिलाई अन्तर्राष्ट्रिय समाजले उत्साहपूर्वक लिएको देखिएको छ। सो पूर्ण बैठकले "सुधारलाई चौतर्फी रुपमा गहन पार्ने अनेकौं महत्वपूर्ण तथा वृहत् विषयसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय"बारे लेखाजोखा गर्दै पारित गरेको थियो। यो निर्णय पन्ध्र तारिखका दिन सार्वजनिक गरिएको हो। विभिन्न मुलुकका सञ्चार-माध्यमहरुले यो निर्णयको उच्च मूल्यांकन गर्नुका साथै यो निर्णय अभूतपूर्व भएको र समाजवादी बाटो अनुकूल भएको टिप्पणी गरेका छन्।

     मेक्सिकोको "ला जोर्नाडा"ले पन्ध्र तारिख जनाएअनुसार, यसै साताको शुक्रबार चीनले आर्थिक तथा सामाजिक सुधार योजना सार्वजनिक गरेको छ। यो योजना हालका तीस वर्षदेखि यताकै सुधारसम्बन्धी अर्को एक महत्वपूर्ण योजना हो। "ला जोर्नाडा"ले विशेषज्ञको कुराकानीलाई उद्धृत गर्दै सुधार परिमाण अभूतपूर्व हुने कुरा उल्लेख गरेको छ।

      मेक्सिकोकै "एल इकोनोमिस्टा"ले लेखेअनुसार, चीनद्वारा सार्वजनिक गरिएको सुधारसम्बन्धी दस्तावेजमा राष्ट्रिय आर्थिक तथा सामाजिक बनौटलाई मूलभूत रुपमा परिवर्तन गर्ने वचनबद्धता गरिएको छ। चीनको अर्थतन्त्रमा लगातार तीस वर्षसम्म तीब्र रुपमा बृद्धि हुनुका साथै क्रमिक रुपमा बृद्धिको संकेत पनि देखापरेको छ। यो चीनले आर्थिक बृद्धिलाई बढाउने अर्को नयाँ कदम हो।

     क्यूबाको "प्रेन्सा लाटिना" द्वारा जनाइएअनुसार, चिनियाँ नेताहरुले अझै सुधार गर्ने कदमको घोषणा गरेका छन् जुन कदम चीनको समाजवादी मार्गमा विकास र प्रगतिको एउटा तरीका हो।

     यस बाहेक, फ्रान्सको "ले मोन्डे", "ले फिगारो" आदि सञ्चार-माध्यमहरुले पनि पूर्ण बैठकमा पारित गरिएको निर्णयको उच्च मूल्यांकन गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह