फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधारसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णयप्रति सकारात्मक मूल्यांकन

(GMT+08:00) 2013-11-16 18:16:57

    "सुधारलाई चौतर्फी रुपमा गहन पार्ने अनेकौं महत्वपूर्ण तथा ठूलो विषयसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय" सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय समाजले यसको उच्च ध्यान दिएको छ। जनमतको विचारमा सो महत्वपूर्ण दस्तावेजले चीनको सुधार अभूतपूर्व हुने कुरा प्रमाणित गरेको छ। यो निर्णय सुधारलाई चौतर्फी रुपमा गहन पार्ने रोड-म्याप हो।

    " द एशोशियटेड प्रेस", "रोयटर्स" तथा मुख्य सञ्चार-माध्यमहरुले यो निर्णयको मूल्याकंन गर्दै उक्त निर्णयमा व्यापाक विषयहरु समावेश भएको कुरा जनाएका छन्।

    "द वालस्ट्रिट जर्नल"को टिप्पणीअनुसार, सो निर्णयमा सुधार योजना र चीनको सामु देखापरेका समस्याहरु उल्लेख गरिएको छ।

      भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)को केन्द्रीय राजनैतिक व्यूरोका सदस्य एवम् भारतका साँसद सियाराम यचुरीले सो निर्णयले शिक्षा, रोजगार, सामाजिक सुनिश्चितता, चिकित्सा, आम्दानीआदि क्षेत्रहरुमा सुधार गर्ने कुरा प्रस्तुत गरेको बताउनुभयो।

      यस वाहेक, सी.एन.एन., "न्यूयोर्क टाइम्स", बी.बी.सी., "एजेन्सी लूसा", फ्रान्सको "ले मोन्डे" आदि सञ्चार-माध्यमहरुले पनि "सुधारलाई चौतर्फी रुपमा गहन पार्ने अनेकौं महत्वपूर्ण तथा ठूलो विषयसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय"बारे सकारात्मक प्रतिक्रिया जनाएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह