फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकीय नगरी पोखरामा मंसिरको दोश्रो सातादेखि फुड फेष्टिबल हुने

(GMT+08:00) 2013-11-17 18:02:30

           पर्यटकीय नगरी पोखरामा यही मंसिरको दोश्रो सातादेखि दोश्रो सिटी रेबान महोत्सव तथा फुड फेष्टिबल हुने भएको छ। पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटि रेवान) ले पोखरा स्थित पोखरा प्रदर्शनी केन्द्रमा मंसीर 13 गतेदेखि 23 गतेसम्म उक्त महोत्सव आयोजना गर्न लागेको हो।

           दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा विभिन्न 130 स्टल राखिने भएको छ भने प्रवेशका लागि 50 रुपैया र विद्यार्थीलाई विशेष छुट गरी 30 रुपैया टिकट निर्धारण गरिएको सिटी रेवानका अध्यक्ष तथा फेष्टिबल मुल संयोजक के पी शर्मा पाध्याले जानकारी दिनुभयो । महोत्सवको आकर्षणको रुपमा स्वादिष्ट खानाका परिकारहरुको उत्कृष्टता छनौट गरी पुरस्कृत गरिने, राष्ट्रियस्तरको खुल्ला लोकदोहोरी प्रतियोगिता, विवाहित गृहिणी महिला उत्कृष्ट नृत्य प्रतियोगिता, हाँस्य व्यंग्य तथा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति, स्थानिय उत्पादनको प्रदर्शनी लगायत रहेको महासचिव दिपक तिमिल्सिनाले जानकारी दिनुभयो।

          29 लाख 70 हजार आम्दानी गरी 27 लाख 20 हजार खर्च हुने अनुमान गरिएको महोत्सवका लागि पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसनका अध्यक्ष के पी शर्मा पाध्या मुल संयोजकत्वमा 10 वटा उपसमिति क्रियाशील रहेको पत्रकार सम्मेलनमा बताइएको थियो। महोत्सवबाट वचत भएको रकमको पाँच प्रतिशत सफा सुन्दर पोखरा निर्माण र पाँच प्रतिशत असहाय वालवालिकाको क्षेत्रमा लगानी गरिने अध्यक्ष शर्माले बताउनुभयो।

         2057 सालमा स्थापना भई पोखराको मुख्य शहरभित्र छरिएर रहेका होटल, रेष्टुटरण्ट एण्ड बार, क्याफे तथा दोहोरी साझ गरी 72 व्यवसायी संस्थालाई संगठित गर्दै पोखरामा पर्यटन प्रवद्र्धन, लोक सँस्कृतिको विकास, उपभोक्तालाई गुणस्तरीय सेवा प्रदानका साथ क्रियाशील रहेको सिटी रेबानले सामाजिक क्षेत्रमा पोखराका सफा शहरको रुपमा विकाश गर्न सरसफाई कार्यक्रम, रक्तदान, डष्टबिन वितरण, असहाय बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री वितरण गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह