फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संविधानसभा निर्वाचन सफल पार्न मन्त्रीपरिषदका अध्यक्षद्वारा देशवासीलाई आह्वान

(GMT+08:00) 2013-11-17 18:04:43

          मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचन सफल पार्न सबै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, बुद्धिजीविलगायत राष्ट्रिय अन्तराष्ट्रिय समुदायसमक्ष आह्वान गर्नुभएको छ। आइतबार साँझ देशवासीका नाममा दिनुभएको सन्देशमा रेग्मीले चुनावमा सहभागी हुन सबैलाई आहृवान गर्नुभयो।

         सम्बोधनमा रेग्मीले चुनाव बहिस्कारको घोषणा गरेका नेकपा-माओवादीसहितका 33 दललाई पनि सहयोग गर्न आहृवान गर्नुभएको छ। रेग्मीले यसअघि संविधानसभा चुनावको मिति घोषणा भएको भोलिपल्ट जेठ 31 गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो। संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्ने म्याण्डेटसहित 2069 चैत 1 गते प्रधानन्यायधीश रेग्मीको नेतृत्वमा सरकार गठन भएको थियो। प्रधानन्यायधीशबाट राजीनामा नगराई कार्यकारी प्रमुखमा नियुक्ती गरिएको भन्दै नेकपा–माओवादी लगायत 33 दलीय मोर्चा आन्दोलनमा छ।

        यसैगरी राष्ट्रपति डा. रामवरण यादवले पनि संविधानसभा निर्वाचनमा मतदानका लागि देशवासीलाई अपील गर्नुभएको छ। राष्ट्रपतिले वक्तव्य निकालेर मतदानका लागि अपील गर्नु भएको शीतल निवास श्रोतले जनाएको छ।

         यसैबीच अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर आइतबार मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसँग भेटघाट गर्दै मंगलबार हुने संविधानसभा निर्वाचनबारे छलफल गर्नुभएको छ। उहाँ चुनाव अवलोकन गर्न शनिबार काठमाडौं आउनुभएको हो। कार्टरले पहिलो संविधानसभा चुनावको पनि पर्यवेक्षण गर्नुभएको थियो। कार्टरले राष्ट्रपति, प्रमुख निर्वाचन आयुक्त र पूर्वप्रधानमन्त्रीहरु लगायतसँग पनि भेटघाट गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह