फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राप्त अवसरको सदुपयोग गरी इरानको आणविक समस्याको समाधान गर्नेतर्फ अघि बढ्न रुसी विदेशमन्त्रीको आग्रह

(GMT+08:00) 2013-11-17 18:06:36

         रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले सम्बन्धित विभिन्न पक्षले हाल प्राप्त अवसरको सदुपयोग गरी इरानको आणविक समस्याको समाधान गर्न अगाडि बढ्नुपर्ने बताउनुभएको छ।

          नोभेम्बर सोह्र तारिखका दिन लाभरोभले इरानको आणविक समस्यासम्बन्धी छ मुलुक र इरानले एक हप्ताअगाडि जेनेभामा वार्ता गरेको जनाउँदै विभिन्न पक्षले साझा सहमति खोज्ने प्रयास गर्नुका साथै समस्या समाधानका लागि तत्परता देखाएको बताउनुभयो।

         यसका साथै उहाँले हाल इरानको आणविक समस्यासम्बन्धी छ मुलुकले निकासका उपाय खोज्न प्रयास गर्दैआएका र इरानका नयाँ नेताहरुको यस्तो इच्छाशक्ति रहेको बताउनुभयो। त्यसैगरी इरानको आणविक समस्याको समाधान गर्ने क्षेत्रमा प्रगति हासिल गर्ने सुअवसर विभिन्न पक्षसमक्ष देखापरेको कुरामा पनि उहाँले जोड दिनुभयो। उहाँकाअनुसार, इरानले एक वर्षभित्र अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीद्वारा प्रस्तुत गरिएका सबै समस्याहरुको क्रमशःसमाधान गर्ने र जसबाट इरानमाथिको नाकाबन्दी फुकाउन सकिने कुरा पनि दोहोर्‍याएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह