फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलवायु परिवर्तन सम्बन्धी वार्सा सम्मेलनका दौरान"कम कार्वनयुक्त चीन"नामक फोटो प्रदर्शनीको आयोजना

(GMT+08:00) 2013-11-17 18:08:25

         पोल्याण्डको राजधानी वार्सामा आयोजित संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धित सम्मेलनअन्तर्गत साइट इभेन्टमा "कम कार्वनयुक्त चीन:जलवायु परिवर्तनको सामना नीति तथा कार्यान्वयन"नामक फोटो प्रदर्शनी पहिलो पटक समावेश गरिएको छ। सो फोटो प्रदर्शनीले विभिन्न पक्षको ध्यानाकर्षण पनि गरेको छ।

          यो फोटो प्रदर्शनीले जलवायु परिवर्तनको असर, व्यावसायिक बनौट र ऊर्जा-श्रोत बनौट, पर्यावरणीय निर्माण, जलवायु परिवर्तनको सामना गर्ने क्षमताको वृद्धि, सर्वसाधारणको संलग्नता, अन्तर्राष्ट्रिय सहयोगआदि क्षेत्रहरुमा हालका केही वर्षदेखि यता चीनले गरेको सकारात्मक कार्यान्वयन र हासिल गरेको उपलब्धिबारे जानकारी दिइएको छ।

         चीनको विकास तथा सुधार समितिअन्तर्गत जलवायु परिवर्तन निवारण विभागका अधिकारी थेन छङ छ‍्वानले बताउनुभएअनुसार, यस पटकको फोटो प्रदर्शनीले अन्तर्राष्ट्रिय समाजसमक्ष हालैका केही वर्षदेखि यता जलवायु परिवर्तनको सामना गर्ने नीति तथा कार्यान्वयन क्षेत्रमा चीनले हासिल गरेको उपलब्धिबारे जानकारी दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह