फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी विमान दुर्घटनमा पचासको मृत्यु

(GMT+08:00) 2013-11-18 10:31:02

         स्थानीय समय अनुसार हिजो सत्र तारिख साँझ सात बजेर पच्चीस मिनेट जाँदा रुसको राजधानी मस्कोबाट तातार्स्तानको राजधानी कजान प्रस्थान गरेको एउटा विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। सो दुर्घटनामा परी विमानमा सबै पचास जना यात्रीको मृत्यु भएको छ।

         रुसद्बारा सार्वजनिक गरिएको मृतकको विवरण अनुसार तातार्स्तानका राष्ट्रपतिका छोराको पनि सो दुर्घटनामा मृत्यु भएको छ।

        दुर्घटनापछि रुसी आकस्मिक विभाग, जाँचबुझ समिति र अरु सम्बन्धित विभागद्वारा उद्धार र जाँचबुझ कार्य तुरुन्तै संचालन गरिएको छ।

         रुसी राष्ट्रपति र प्रधानमन्त्रीले सो दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली र मृतकका आफन्तलाई सम्वेदना व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह