फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अब्दुल्हा यामीन माल्दिभ्सका छैटौँ राष्ट्रपति

(GMT+08:00) 2013-11-18 10:36:39

           गत सोह्र तारिखमा सम्पन्न माल्दिभ्स राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा अब्दुल्हा यामीन विजय हुनु भएको छ। हिजो सत्र तारिख दिउँसो उहाँले राष्ट्रपतिको कार्यभार समाल्हेर माल्दिभ्सका छैटौँ राष्ट्रपति हुनु भएको हो।

           राष्ट्रपतिको कार्यभार समाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै यामीले माल्दिभ्स समक्ष आर्थिक चुनौति देखा परेकाले त्यसको समाधान गर्नु नै नयाँ सरकारको प्रमुख कार्य रहेको कार्य रहेको बताउनुभयो। उहाँले प्रभावकारी कदम चालेर आर्थिक विकास बढाई माल्दिभ्सलाई शान्तिपूर्ण तथा प्रगतिप्रिय मुलुक बनाउने बताउनुभयो।

           संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले हिजै आफ्ना प्रवक्तामार्फत एक विज्ञप्ति जारी गर्दै माल्दिभ्स राष्ट्रपतिको निर्वाचन सम्पन्न भएकोप्रति स्वागत गर्नुका साथै नयाँ सरकार र विपक्षीय दलबीच रचनात्मक सहयोग हुनुपर्ने व्यक्त गर्नुभएको छ।

           माल्दिभ्समा चाँडै नै मेलमिलापपूर्ण वातावरणमा दीर्घकालीन संस्थागत सुधारमार्फत राष्ट्रिय लोकतान्त्रिक सुधार गर्नका लागि विभिन्न राजनीतिक दलका नेता, राष्ट्रिय संस्था र माल्दिभ्स जनतालाई महासचिव वानले आह्वान पनि गर्नु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह