फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशमा अध्यय गरेर स्वदेश फर्कने चिनियाँ विद्यार्थीको बढ्दो प्रवाह

(GMT+08:00) 2013-11-18 18:18:50

         'शरद ऋतुमा विदेशमा अध्यय गरी स्वदेश फर्केका दक्ष व्यक्ति रोजकारी मेला 2013' हालै पैचिङमा सम्पन्न भएको छ। चीनको शिक्षा मन्त्रालय अन्तर्गत विदेश अध्ययन सम्बन्धी सेवारत केन्द्रद्बारा आयोजित उक्त मेलाले हजारौं व्यक्तिलाई आकर्षित गरेको छ। प्राप्त जानकारी अनुसार, सन् 2012 मा विदेशमा अध्ययन गरेर फर्केका चिनियाँको संख्या 2 लाख 70 हजार थियो भने चालू वर्ष सो संख्यामा 50 प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ। चालु वर्षमा विदेशमा अध्ययरत चिनियाँ विद्यार्थी फर्कने ठूलो सङ्ख्यामा फर्कने अनुमान गरिएको छ। विदेशमा अध्ययन गरेर फर्कने चिनियाहरुको सङ्ख्या विगत दुई वर्षदेखि बढिरहेकाले आगामी पाँच वर्षमा विदेशमा अध्ययन गर्न जानेभन्दा फर्कने धेरै हुने भएकाले त्यसले एउटा ऐतिहासिक मोड ल्याउने बताइएको छ।

         चीनको शिक्षा मन्त्रालयद्बारा आयोजित 'शरद ऋतुमा विदेशमा अध्ययरत भइ फर्केका दक्ष व्यक्ति रोजगारी मेला 2013'मा प्रसिद्ध सरकारी स्वामित्वयुक्त व्यवसाय, विदेशी व्यवसाय, विश्वविद्यालय गरी 117 वटा एकाइले 800 वटा रोजकारी अवसर प्रदान गरेका छन्। ती रोजगारी संलग्न क्षेत्रहरुमा मौद्रिक, इन्जिनियरिङ, सूचना प्रविधि, कानून तथा सांस्कृतिक शिक्षा रहेका छन्।

          'मैले रुसमा मेकानिकल इन्जिनियरिङ पढेको हुँ।'

         'विश्वविद्यालयको सूचीमा तपाईंको विश्वविद्यालय कुन स्थानमा परेको छ?'

         'रुसमा पाँचौं स्थानमा परेको छ।'

         'कुन क्षेत्रमा काम गर्ने इच्छा छ?'

         'मोटर क्षेत्रमा'

         'कहिले जवाफ पाउन सक्छु?'

         'अर्को हप्ताभित्र'

         सेप्टेम्बरको शुरुमा'विदेशमा अध्ययन गरेर फर्केकाहरुको विकास प्रतिवेदन 2013' सार्वजनिक गरिएको छ। उक्त प्रतिवेदन वमोजिम, सन् 2012 मा विदेशमा अध्ययन गरेर फर्केका चिनियाँको कूल संख्या 2 लाख 70 हजार थियो र गत वर्षको दाँजोमा 50 प्रतिशतले बृद्धि भएको छ। चालु वर्ष पनि यो सङ्ख्या निरन्तर बृद्धि हुँदै आइरहेको छ। फर्केका व्यक्तिहरुमध्ये 86 प्रतिशतले आधा वर्षभित्र रोजकारीको अवसर पाउने छन् वा आ-आफ्नो व्यवसायलाई शुरु गर्ने छन्।

          उक्त रोजकारी मेलामा कतिपय विद्यार्थीहरुले रोजकारी खोज्न गाह्रो भएको व्यक्त गरे। स्कटल्याण्डको एक विश्वविद्यालयमा फाइनान्सको अध्ययन गरेका स्याउ ह्वाङ भन्नुहुन्छ

           'चीन फर्केको दुई महिना भैसकेको छ। हरेक दिन म यस्तो मेला वा विभिन्न वेभसाइटमा आफ्नो व्यक्तिगत विवरण पठाउने गर्छु। चीनमा रोजकारीको प्रतिस्पर्धा निकै चर्को रहेछ। विशेष गरी कन्सल्टेन्ट क्षेत्रमा।'

           रोजकारी मेलामा सबभन्दा लोकप्रिय काम फाइनान्स क्षेत्रको हो र दोस्रो केही सरकारी संस्थाहरुको। चाइना डेली समाचारपत्रमा सम्बद्ध व्यक्तिले चित्त बुझेका व्यक्तिगत विवरण थोरै भएको बताए।

          'हाम्रो समाचारपत्रमा चार किसिमका काम रहेका छन्। सम्पादक परिस्थितिको विश्लेषणका लागि। हालसम्म पाएका व्यक्तिगत विवरण धेरै छन् तर दक्ष व्यक्तिका आवेदन न्युन रहेका छन्। कार्यरत अनुभव अपुग हुनु नै सबभन्दा ठूलो समस्या हो।'

          चीनको शिक्षा मन्त्रालयले जनाए अनुसार, चालु वर्षमा विदेशमा अध्ययरत चिनियाँ विद्यार्थी फर्कने सबभन्दा ठूलो प्रवाह आउने अड्कल गरिएको छ। आगामी पाँच वर्षमा चीनमा फर्केका व्यक्तिको संख्या विदेशमा पढ्न जानेको भन्दा बढी हुने र त्यसले ऐतिहासिक मोड ल्याउने छ। यसबारे चर्चा गर्दै शिक्षा मन्त्रालय अन्तर्गत विदेशमा अध्ययन सम्बन्धी सेवारत केन्द्रका प्रमुख पाइ चाङतले भन्नुभयो

          "चालु वर्षमा रोजकारी परिस्थिति राम्रो हुँदै जाने मेरो विचार छ। पश्चिमी मुलुकको आर्थिक अवस्था मन्द भैरहेको छ। दक्ष व्यक्तिहरु तथा पूँजीको प्रवाह बजारबाट निश्चित गरिन्छ। जहाँ पैसा कमाउन सकिन्छ पूँजी त्यहीं जान्छ। अनि दक्ष व्यक्तिहरु पनि त्यतै जान्छन्। अनि रोजकारीको परिस्थिति राम्रो भएकै ठाउँमा दक्ष व्यक्तिहरु झुम्मिन्छन्। यसका अतिरिक्त, स्वदेशमा काम गर्ने भावना रहेकाले चीनमा फर्कनेहरुको संख्या स्पष्टसँग बढ्ने विश्वास गरिएको छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह