फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकलाई यातायात सुविधा

(GMT+08:00) 2013-11-19 17:55:05

          नेपालमा आज संविधान सभाको निर्वाचनका दिन पर्यटकहरुलाई असुविधा नहोस भनेर नेपाल पर्यटन वोर्डले यातायातको सुविधा प्रदान गरेको छ। वोर्डले 5 वटा ठूला बस र 35 वटा हाइसमार्फत पर्यटकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

          खासगरि चुनावको समयमा निजी तथा सार्वजनिक यातायातका साधन नचल्ने हुँदा पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराएको वोर्डका मिडिया कन्सलटेन्ट शरद प्रधानले जानकारी दिनुभयो। काठमाडौं उपत्यकाभरी पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो। वोर्डले सञ्चालन गरेका बसहरुले एयरपोर्टबाट होटलसम्म र होटलबाट एयरपोर्टसम्म यातायातको सुविधा उपलब्ध गराएका थिए।

          नेपाल भित्रिने र वाहिरिने पर्यटकहरुलाई सहज बनाउनका लागि बोर्डले यातायातको व्यवस्था गरेको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह