फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया प्रशान्त क्षेत्रद्वारा समावेशी आर्थिक र व्यापारिक कार्यक्रम

(GMT+08:00) 2013-11-19 11:03:06

           संयुक्त राष्ट्र संघको एशिया र प्रशान्त आर्थिक समाज समितिले हिजो सोमबार प्रतिवेदन सार्वजनिक गर्दै एशिया प्रशान्त क्षेत्रको व्यापार र लगानी कार्यक्रमको लक्ष्य आर्थिक बृद्धिलाई बढाउन मात्र नभई अझ समावेशी तर्फ विकास गर्नुपर्ने उल्लेख गरेको छ। यस कार्यले अझ धेरै मानिसले आर्थिक र व्यापारिक कार्यक्रममा भाग लिने अवसर पाउने बताइएको छ।

            एशिया प्रशान्त आर्थिक समाज समितिले सोही दिन आफ्नो मुख्यालय बैंककमा सन् 2013 एशिया प्रशान्त क्षेत्रको व्यापार लगानी प्रतिवेदन सार्वजनिक गरेको छ। "परिवर्तनका लागि: अझ समावेशी व्यापार र लगानी" शीर्षकमा प्रकाशित प्रतिवेदनका अनुसार वर्तमान एशिया प्रशान्त क्षेत्रले विश्वको आर्थिक विकासको नेतृत्वको भूमिका खेलेको उल्लेख छ। व्यापार र लगानीको बृद्धिले स्थानीय क्षेत्रको आर्थिक विकासमा नयाँ शक्ति थपेको छ। तर समाजको असमानता आदि समस्या स्पष्ट र निरन्तर देखा परेका छन्। एशिया प्रशान्त क्षेत्रले "व्यापार र लगानीका प्रतिफललाई लाभांश वितरण गर्ने" परिपाटी परिवर्तन गर्दा व्यापार र लगानी कार्यक्रम अझ समावेशी हुने बताएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह