फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानको आणविक समस्याको समाधानमा नयाँ मोड

(GMT+08:00) 2013-11-19 09:57:20

       रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो अठार तारिख इरानी राष्ट्रपति हसान रोहनीसँग टेलिफोन वार्ता गर्नुभएको छ। वार्तामा रुसी राष्ट्रपति पुटिनले लामो समयसम्म चलेको इरानको आणविक समस्याको समाधान खोज्ने वस्तुगत अवसर देखा परेको बताउनुभयो।

        रुसको प्रस्तावमा दुई देशले द्बिपक्षीय समस्या तथा साझा अभिरुचि भएका अन्तर्राष्ट्रिय समस्याबारे बैचारिक आदानप्रदान गर्नु पर्ने उल्लेख छ। इरानी राष्ट्रपति रोहनीले इरानको आणविक समस्या सम्बन्धी छ पक्षीय वार्तामा रुसको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह