फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न

(GMT+08:00) 2013-11-19 19:03:39

         नेपालमा संविधानसभा निर्वाचन केही छिटपुट घटना बाहेक अपेक्षाकृत शान्तिपूर्ण रुपमा आज सम्पन्न भयो। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्वतन्त्र, निष्पक्ष चुनावका लागि आयोगले राम्ररी काम सम्पन्न गरेको बताउनु भएको छ। आज बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म तोकिएको मतदान समयमा उल्लेख्य रुपमा मतदान भएको आयोगले दाबी गरेको छ। कतिपय मतदान केन्द्रमा त अपरान्ह दुई बजे अगाडि नै मतदान सम्पन्न भइसकेको थियो। आज सम्पन्न मतदानको पूरै नजिता आउनका लागि एक साताभन्दा लामो समय कुर्नु पर्ने आयोगले बताएको छ। आजको मतदानमा सरदर 70 प्रतिशतभन्दा बढी मतदाताहरुले मतदान गरेको पनि निर्वाचन आयोगले दावी गरेको छ।

        निर्वाचनमा राष्ट्रपति डा रामवरण यादवले मतदान नगरेपनि राष्ट्रपति निवास अविपरी निस्केर प्रत्यक्ष अवलोकन गर्नुभयो। मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले काठमाडौँबाट मतदान गर्नुभयो भने एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनबाट मतदान गर्नुभयो। त्यसैगरी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बाँकेबाट, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामबाट, नेकपा एमालेकै वरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौँको कोटेश्वरबाट मतदान गर्नुभयो। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटाबाट तथा नेपाली कांग्रेसका नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट मतदान गर्नुभयो। त्यसैगरी एमाओवादीका नेता पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गोर्खाबाट मतदान गर्नु भएको छ।

        आज सम्पन्न संविधानसभाको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट 2 सय 40 र समानुपातिक प्रणालीबाट 3 सय 35 जना निर्वाचित हुनेछन् भने राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्बारा मनोनयन हुने 26 जना गरी 6 सय 1 सदस्य हुने संवैधानिक व्यवस्था छ। निर्वाचनमा प्रत्यक्षतर्फ 1 सय 21 दलका 6 हजार 1 सय 28 र समानुपातिकतर्फ 1 सय 22 दलका 10 हजार 7 सय 9 गरी 16 हजार 8 सय 37 उम्मेदवार प्रतिस्पर्धामा छन्।

        निर्वाचन आयोगका अनुसार यो निर्वाचनमा नेपालभर 1 करोड 21 लाख 47 हजार 8 सय 65 मतदाता रहेका छन्। तीमध्ये 61 लाख 66 हजार 8 सय 29 महिला, 59 लाख 80 हजार 8 सय 81 पुरुष र 1 सय 55 तेस्रो लिंगी छन्। मतदानका लागि 10 हजार 13 स्थलमा 18 हजार 4 सय 56 मतदान केन्द्र तय गरिएको थियो।

        आयोगले निर्वाचन अधिकृतको कार्यालयदेखि मतदान केन्द्रसम्मका गतिविधि केन्द्रबाटै निरन्तर अनुगमन गर्न 'इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम' प्रयोगमा ल्याएको छ। मतदान अधिकृतले मतदान केन्द्रको अवस्थाबारे विशेष कोडमार्फत पठाउने सूचना केन्द्रमा 'डिकोडिङ' हुने संयन्त्र जडान भएकाले धाँधलीको सम्भावना नभएको आयोगले बताएको छ।

        आयोगले बृहत् अनुगमनका लागि 2 सय 40 वटै निर्वाचन क्षेत्रमा बृहत् र सूक्ष्म अनुगमन टोली खटाएको थियो। अन्तर्राष्ट्रिय संस्था र व्यक्तिहरूबाट निर्वाचन अवलोकन र पर्यवेक्षण भएको छ। अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर सहितका अन्तर्राष्ट्रिय पर्यवेक्षक र अमेरिका, युरोपिन युनियन, चीन, जापान सहितका राजदूतहरूले मतदानको अवलोकन गरेका छन्।

         यो निर्वाचनमा उम्मेदवारको संख्या 16,836 रहेको छ जसमा प्रत्यक्षतर्फ 6,127 रेहेका छन् भने समानुपातिकतर्फ10,709 रहेका छन्। 10,013 मतदान स्थलमा 18,456 मतदान केन्द्रको व्यवस्था आयोगले गरेको थियो। निर्वाचमा 1,25,858 कर्मचारीलाई परिचालन गरिएको थियो भने 88,944 संयसेवकहरु खटाइएको थियो। सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि 2,10,000 सुरक्षाकर्मी परिचालन गरिएको थियो।

         निर्वाचन 7 अर्ब 75 करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

        दोस्रो संविधानसभाको निर्वाचनमा देशभरिमा करिव 70 प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता वीरबहादुर रार्इले देशभरिमा करिव 70 प्रतिशत मतदान भएको जानकारी दिनुभयो। केही मतदान केन्द्रमा अवरोधका घटना भएपनि देशभरि शान्तिपूर्ण वातावरणमा मतदान भएको रार्इले बताउनुभयो। यो विवरण तयार पार्दासम्म रसुवामा सबैभन्दा बढी 75 प्रतिशत मत खसेको छ भने भित्री मधेसको जिल्ला उदयपुरमा 70 प्रतिशत बढी मत खसिसकेको छ । त्यसैगरी बारा जिल्लामा 70 प्रतिशत, सुदुर पश्चिमको दार्चुलामा 60 प्रतिशत मत खसिसकेको छ। हिमालपारीको जिल्लामा मुस्ताङमा पनि 55 प्रतिशत मत खसेको छ। हिमालपारिको अर्को जिल्ला मुस्ताङमा पनि मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ। मुस्ताङमा अहिलेसम्म करिब 55 प्रतिशत मत खसेको हो। निर्वाचन कार्यालयले मुस्ताङमा करिव 40 प्रतिशत मात्र मत खस्ने अनुमान गरेको थियो।

        बारामा 70, दार्चुलामा 60 प्रतिशत मत खस्यो मध्ये मधेसको जिल्ला बारामा 70 प्रतिशत मतदान भइसकेको छ । बारामा सामन्य विबादबाहेक अप्रिय घटना भएका छैन् । त्यसैगरी सुदुरपश्चिमको पहाडी जिल्ला दार्चुलामा दिउँसो अढार्इ बजेसम्म 60 प्रतिशत मत खसिसकेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह