फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघको मन्त्रीस्तरीय मौसम परिवर्तन सम्मेलन

(GMT+08:00) 2013-11-20 10:32:11

        "संयुक्त राष्ट्र संघ मौसम परिवर्तन प्रारुप सन्धि"लाई हस्ताक्षर गर्ने मुलुक बीचको उन्नाईसौं सम्मेलन एवं "क्वोटो प्रोटोकल"लाई हस्ताक्षर मुलुक बीचको नवौँ सम्मेलन अन्तर्गत मन्त्रीस्तरीय सम्मेलन हिजो उन्नाईस तारिखमा पोल्याण्डको राजधानी वार्सामा शुरु भएको छ।

         पोल्याण्डका प्रधानमन्त्री सो सम्मेलन उद्धाटन समारोहमा सहभागी हुनुका साथै उहाँले सम्बोधन गर्नुभयो। उहाँले "वार्सा मौसम सम्बन्धी सम्मेलन"मा एकमत सिर्जना गर्न सबैलाई आव्हान गर्नुभयो।

         संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले उद्घाटन समारोहमा विभिन्न मुलुकले मौसम परिवर्तनका क्षेत्रमा सकारात्मक रुपमा काम गर्नका लागि आह्वान गर्नुभयो। उहाँले विकसित मुलुकद्बारा विकासन्मोख मुलुकहरुमा दिएको बचनबद्धतालाई छिटो भन्दा छिटो कार्यन्वयन गर्न पनि बताउनु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह