फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानसँग सुरक्षा सम्झौतामा हस्ताक्षर नगरिएको अमेरिकाको भनाइ

(GMT+08:00) 2013-11-20 10:33:42

        अफगानिस्तानी राष्ट्रपतिका प्रवक्ताले अमेरिका र अफगानिस्तानबीचमा सुरक्षा सम्झौता सम्पन्न भएको बताउनुभएको छ। उहाँले सो सम्झौतामा अमेरिकी सेना सन् 2014 पछि अफगानिस्तानमा तैनाथ गर्ने कि नगर्ने भन्ने विषय पनि समेटिएको जानकारी दिनुभयो। आतङ्कवाद विरोधी युद्धमा अमेरिकाले गरेको गल्तीका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानका जनतासँग क्षमायाचना गर्न स्वीकार गर्नुभएको उहाँले उल्लेख गर्नुभयो।

        अमेरिका र अफगानिस्तानले सुरक्षा सम्झौतामा हस्ताक्षर भएको भनेर अफगानिस्तानले दावी गरेपनि अमेरिकी राज्य परिषदले भने हिजो उन्नाईस तारिखमा सोबारे अस्वीकार गरेको छ। राज्य परिषदले हालै सुरक्षा सम्झौता अन्तिम चरणमा प्रबेश गरेको जनाएको छ।

        अमेरिका र अफगानिस्तानद्बारा "द्बिपक्षीय सुरक्षा सम्झौता" वार्ता सन् 2012 को नभेम्बरमा शुरु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह