फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण-दक्षिण सहयोगमार्फत जलवायु परिवर्तनको सामना

(GMT+08:00) 2013-11-20 19:06:39

          जलवायु परिवर्तन एउटा विश्वव्यापी समस्या हो र सबै मुलुकको साझा हितसँग सम्बन्ध रहेकोले अन्तर्राष्ट्रिय समाजले सक्रियताका साथ आपसी सहयोगलाई अघि बढाउनुपर्छ। दक्षिण-दक्षिण सहयोग नै विकासोन्मुख मुलुकले आ-आफ्ना श्रेष्ठतालाई देखाएर साझा विकास गर्ने महत्वपूर्ण बाटो हो। वार्सामा आयोजना भैरहेको जलवायु सम्मेलनमा चीनले प्रतिनिधित्व गरेका विकासोन्मुख मुलुक समूले दक्षिण-दक्षिण सहयोगलाई अघि बढाइरहेको छ। अरु मुलुकका लागि चीनद्बारा उपलब्ध गराएको समर्थन तथा सहयोगले सहयोग पाएका मुलुकहरु लगायत अन्तर्राष्ट्रिय समाजबाट सराहना पाएको छ। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले वार्साबाट पठाएको सम्बन्धित विस्तृत विवरणः

          जलवायु परिवर्तनको सामना गर्न चीन सरकारले सन् 2012मा आयोजित संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलन दक्षिण-दक्षिण सहयोग गर्नु भन्ने सार्वजनिक गरेकोछ। साथै सन् 2011 देखि 2013को अवधिमा अफ्रिकी मुलुक, अति अविकसित मुलुक तथा साना टापू मुलुकलाई प्रतिवर्ष एक करोड अमेरिकी डलर बराबर सहायता उपलब्ध गराउने चीनले वचन दिएको छ। वार्सा जलवायु सम्मेलनमा सहभागी चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख स्ये चनह्वाले आफ्नो विकास गर्नुका साथै चीनले अन्य विकासोन्मुख मुलुकलाई पनि सकेसम्म सहयोग र समर्थन दिँदै आएको बताउनुभयोः

          "हामीले युगान्डा, ब्रुनाई, दोमिनिक लगायतका बाह्रवटा मुलुकसँग जलवायु परिवर्तनको सामना गर्ने सामग्री उपलब्ध गराइने समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौँ। हामीले सम्बद्ध मुलुकलाई उर्जा किफायत नौ लाखवटा बत्ती, दश हजारवटा वाताव अनुकूलित उपकरण, छ हजारवटा सौर्यबत्ती दिने छौं। साथै जलवायु परिवर्तनको सामना सम्बन्धी अठाइसवटा अध्ययन कक्षाको पनि सम्पन्न गरिसकेका छौं।"

          चीन सरकारको साथै विभिन्न चिनियाँ व्यवसायहरुले पनि भन्दा दिने, लगानी गर्ने, प्रविधिको हस्तान्तरण गर्ने लगायतका विविध तरिकामार्फत अति अविकसित मुलुकमा उर्जाको किफायत गरी निष्काशनलाई काम पार्न सहयोग दिँदै आएका छन्। सन् 2012 देखि हायरले नाइजेरिया, युगान्डा आदि मुलुकलाई उर्जा किफायत एसी जडान गर्दै आएको छ। साथै हायरले ती विकासोन्मुख मुलुकमा उर्जाको किफायतको समर्थन दिन इलेक्टोनिक प्रबन्धको उत्पादन गर्ने कारखाना पनि खोलेको छ। हायरका सम्बद्ध जिम्मेवार व्यक्ति सुन बताउनुहुन्छ

           "हालसम्म हाअरले विदेशमा तीस वटा कारखाना खोलेको छ। अधिकांश विकासोन्मुख मुलुक पाकिस्तान, भारत, थाइल्याण्ड जस्ता मुलुकमा ती कारखाना रहेका छन्। साथै ल्याटिन अमेरिकामा हामीले भेनेजुएलामा एउटा अनुसन्धान केन्द्र लगातय छ वटा कारखाना खोल्ने योजना बनाएका छौँ। सन् 2004 मा हायरले क्यूबाको बजारमा प्रवेश गरेपछि, हालसम्म 23 लाख वटा फ्रिज तथा 1 लाख 60 हजार टेलिभिजन सेटको बिक्री गरिसकेको छ।"

           दक्षिण-दक्षिण सहयोगमा चीनले देखाएको सकारात्मक अडानको संयुक्त राष्ट्र संघीय विकास तथा योजना कार्यक्रमका प्रमुख हेलन क्लाकले उच्च मूल्याङ्कन गर्नुभयोः

           "पुन प्रयोग गरिने उर्जा, जलवायु परिवर्तनको सामना, छिटो हुर्कने बन लगायतका क्षेत्रमा चीन सरकारले विकासोन्मुख मुलुकका सयौँ पदाधिकारीहरु तथा प्राविधिज्ञलाई तालिम दिएको छ। यस्तो तरिका व्यावहारिक र उपलब्धिमूलक देखिन्छ। दक्षिण-दक्षिण सहयोगमा चीनले निर्वाह गरेको भूमिकाले अन्तर्राष्ट्रिय समाजबाट स्वीकृति पाएको छ। साथै कतिपय मुलुकले चीनको सफल अनुभवबाट फाइदा पाउन सक्छन्।"

           विकासोन्मुख मुलुकबाट गठित 77 मुलुक समूह दक्षिण-दक्षिण सहयोगको मुख्य शक्ति हो। जलवायु परिवर्तन सम्बन्धमा चीन तथा 77 मुलुक समूहको अडान बराबर छ। यस समूहका वर्तमान अध्यक्ष मुलुक फिजीका प्रतिनिधि मण्डलका प्रमुख चिको लुभेनीले दक्षिण-दक्षिण सहयोगबारे चर्चा गर्दै भन्नुभयोः

           "आर्थिक विकास तथा जलवायु परिवर्तनको सामना गर्दा दक्षिण-दक्षिण सहयोग निकै महत्वपूर्ण भाग हो। पूँजी, प्रविधिको हस्तान्तरण जलवायु परिवर्तन वार्तामा मुख्य विषयहरु हुन्। ती क्षेत्रहरुमा हामीले दक्षिण-दक्षिण सहयोगको प्रवर्द्धन पार्नुका साथै दक्षिण-उत्तर सहयोगलाई पनि सबल पार्नुपर्छ। जसबाट तीन पक्षीय सहयोग तरिकालाई खडा गरिन्छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह