फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा अमेरिका बीच बालबालिका विकास सम्बन्धि आदानप्रदान

(GMT+08:00) 2013-11-21 19:01:01

           चौथो चीन-अमेरिका मानवीय आदानप्रदान कार्यक्रम हुनुअघि चीनका उप प्रधान मन्त्री लीउ यानतुङले अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसँग चिनियाँ तथा अमेरिकी बाल-बालिकाको प्रारम्भिक विकास रणनीति वार्तामा भाग लिनुभएको छ। वार्तामा दुवै पक्षले बाल-बालिकाको प्रारम्भिक विकास सम्बन्धी आपसी आदानप्रदानको प्रवर्द्धन गर्न आह्वान गरेका छन्। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाएको सम्बन्धित विस्तृत विवरणः

           चीनका उप प्रधान मन्त्री लीउ यानतुङले बीस तारिख अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनसँगै अमेरिकी राजधानी वासिङ्गटनमा आयोजित चिनियाँ तथा अमेरिकी बाल-बालिकाको प्रारम्भिक विकास रणनीति वार्तामा भाग लिनुभएको छ।

           वार्तामा उप प्रधान मन्त्री लीउले बाल-बालिका र परिवार देशका आशा र भविष्य हुन् भन्ने विचार व्यक्त गर्नुभयो। चीन सरकारले किशोर किशोरी तथा बाल-बालिकाको हेरबिचारका लागि अझ राम्रो वातावरण सिर्जना गर्दै आएको जानकारी दिँदै उप प्रधान मन्त्री लीउले भन्नुभयो

           "बितेका वर्षहरुमा, चीनले बाल-बालिकालाई प्राथमिकता दिने सिद्धान्तको पालना गर्दै सन् 2020 सम्म महिला तथा बाल-बालिकाको विकास कार्यक्रमलाई तर्जुमा गरेको छ। उक्त कार्यक्रमलाई नै चीनले आर्थिक तथा सामजिक विकास योजनासँगसँगै योजना निर्माण तथा कार्यान्वयन गरेको छ। बाल-बालिकाको विकास कार्यमा चीनले टड्कारो उपलब्धि हासिल गरेको छ।"

           उहाँले जानकारी दिनुभए अनुसार, चीन सरकारको प्रयासमा चिनियाँ बाल-बालिकाको स्वास्थ्य अवस्था सुधारिँदै गएको छ र शिक्षाको अवस्थामा पनि अझै प्रभावकारी बन्दै गएको छ। साथै बाल-बालिकाको कानुनी संरक्षणमा पनि पूर्णता दिलाइँदै आएको छ। यसले गर्दा बाल-बालिकाहरु हुर्कने वातावरण राम्रो बन्दै आएको छ। स्कूलअघिका शिक्षा तथा विशेष शिक्षा क्षेत्रको सुधार तथा विकासलाई अघि बढाउनु, हरेक विद्यार्थीलाई उचित शिक्षा प्रदान गर्नु भन्ने भरखरै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो बैठकमा पनि स्पष्टसँग औंल्याइएको छ।

           बीस तारिख आयोजित वार्तामा चीन विकास अनुसन्धान कोष तथा ब्रुकिङ इन्स्टिच्युटका प्रतिनिधिहरुले बाल-बालिकाको प्रारम्भिक विकासबारे बैचारिक आदानप्रदान गरेका छन्। चीनका उपप्रधान मन्त्री लीउले दुई देशको अवस्था फरक भएतापनि बाल-बालिकालाई प्राथमिकता दिने प्रत्याभूत, सामाजिक निष्पक्षताको प्रवर्द्धन भन्ने विचार तथा लक्ष्य एउटै रहेकाले आपसी सहयोगको सम्भावना ठूलो भएको प्रकट गर्नुभयो। यसबारे आह्वान व्यक्त गर्दै उहाले भन्नुभएको छः

            "हामी दुई देशले बाल-बालिकाको प्राम्भिक शिक्षालाई मानवीय आदानप्रदानको मुख्य विषयमा राखेर आपसी वार्ता तथा आदानप्रदानलाई सबल पारिरहेका छौँ। यसबाट दुई देशका बाल-बालिकाको हित-कल्याणलाई थप्नुका साथै अन्य मुलुकको लागि पनि सान्दर्भिक हुने विश्वास छ।"

            उप प्रधान मन्त्री लीउको यस अमेरिका भ्रमणलाई नै दुई देशका सरकारको परिवर्तनपछि आयोजित भएको पहिलो चिनियाँ-अमेरिकी मानवीय आदानप्रदान मानिन्छ। तत्कालीन अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन सन् 2010 मा स्थापित सो आदानप्रदान मञ्चको संस्थापकमध्येको एक हुनुहुन्छ। आपसमा शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रमा मानवीय आदानप्रदानलाई बढाउने आवश्यकता भएको हिलारी क्लिन्टनले प्रकाश पार्नुभयो। यसबारे विस्तृत रुपमा ब्याख्या गर्दै उहाँले भन्नुभयो

            "चिनियाँ तथा अमेरिकी अनुसन्धानकर्ताहरु, बाल-बालिका प्रारम्भिक विकास विशेषज्ञहरु तथा शिक्षक-शिक्षिकाहरु मिलाउनु नै दुई देशका जनताबीच अर्को सहयोगात्मक तरिका हो। यस्तो सहयोगमार्फत नै दुई देशका जनताले जन्मदेखि नै द्बिपक्षीय घनिष्ट सम्बन्धको स्थापना गरेका छन्। यसबाट चीन तथा अमेरिकाले सँगसँगै मिलेर दुई देशका जनताको हित-कल्याणलाई सिर्जना गरिरहेको देखिन्छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह