फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान आणविक बार्ता जेनेभान जारी

(GMT+08:00) 2013-11-22 09:33:53

           हिजो एकाईस तारिख स्वीजरल्याण्डको जेनेभामा शुरु भएको इरान आणविक समस्या सम्बन्धी छ मुलुकबीचको वार्ता आज दोस्रो दिन पनि जारी छ। वार्तामा विभिन्न पक्षबीचमा मतभेद रहेकाले हालसम्म प्रारम्भिक सम्झौतामा हस्ताक्षर हुन सकेको छैन।

           हिजो विहान कूटनीतिक मामिला र सुरक्षा नीति सम्बन्धी यूरोपेली संघका उच्च प्रतिनिधि क्याथरिन अस्तोन र इरानी विदेश मन्त्री मोहमद जाभेद जरिफबीचमा पनि गहन छलफल भएको छ। इरानी राष्ट्रिय समाचार समितिका अनुसार, वार्तापछि विदेश मन्त्रीले वार्ता फलदायी हुनेमा आफू आशावादी रहेको बताउनुभयो।

           हिजै इरानका उप विदेश मन्त्री एवं आणविक समस्यामा इरानका प्रतिनिधि अब्बास अराघ्चीले सम्झौतामा हस्ताक्षरको आधार अन्तर्राष्ट्रिय समाजले इरानद्बारा युरेनियमको अधिकारलाई स्वीकार गर्नुपर्ने, इरानले पेट्रोल निर्यात गर्न पाउनुपर्ने र इरानमाथि लगाइएको आर्थिक नाबाबन्दीलाई हटाउनु पर्ने बताउनु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह