फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलवायु परिवर्तनको सामनामा चीनको प्रयास

(GMT+08:00) 2013-11-22 18:55:25

            वार्सामा आयोजना भैरहेको स‌युक्त राष्ट्र संघको जलवायु सम्मेलन सम्पन्न हुन लागेको छ। तापनि मानवजातिले जलवायु परिवर्तनको सामना गर्ने यात्रा धेरै लामो छ। यो काम एउटा विश्वव्यापी चुनौती हो र हरेक मुलुक, हरेक व्यवसाय, हरेक उत्पादन तथा हरेक व्यक्तिको दैनिक जीवनसँग अन्योन्याश्रित रहेको छ। यस पटकको जलवायु सम्मेलनमा चिनियाँ व्यवसायहरु, सम्बद्ध विशेषज्ञहरु तथा विद्बानहरु पनि वार्सामा आ-आफ्ना प्रवर्द्धनात्मक कार्यक्रममार्फत कार्बनडाइअक्साइट निष्काशन घटाने प्रयासको पुष्टि गरिरहेका छन्। यसले गर्दा चीन लगायत विश्वमा उर्जाको किफायत तथा कार्वनडाइअक्साइटको निष्काशनको न्यनीकरणमा आ-आफ्नो क्षेत्रबाट योगदान गर्दै आएका छन्। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले वार्साबाट पठाएको यस सम्बन्धी विस्तृत विवरणः

             हालसम्म चीन विश्वमा हरित गृह ग्याँस निष्काशन गर्ने सबभन्दा ठूलो मुलुक हो र उर्जाको किफायत तथा कार्वनडाइअक्साइटको निष्काशन घटाइने कार्यभार पनि निकै कठिन छ। यस्तो कठिन कार्यभारलाई पूरा गर्न सम्पूर्ण समाजको व्यापक सहभागितासँग घनिष्ट रहेको छ। चालु वर्षको जुन सत्र तारिख चीनमा पहिलो कार्वनडाइअक्साइटको निष्काशन कम पार्ने दिन थियो र चीनको राष्ट्रिय विकास तथा सुधार समितिले सम्बन्धित कार्यक्रमलाई शुरु गर्‍यो। समाजका विभिन्न क्षेत्रले जलवायु परिवर्तन तथा कार्वनडाइअक्साइट घटानउ विकास बोधलाई उकास्नु भन्ने उद्देश्य रहेको उक्त कार्यक्रममा संचारमाध्यम, गैर-सरकारी संस्थाहरु, व्यवसायहरु, आबास क्षेत्र लगायतका विभिन्न शक्तिले सक्रियताका साथ भाग लिएरहेका छन्। वान ख लगायतका 300 वटा व्यवसायहरु तथा गैर-सरकारी संगठनहरुबाट चीन कार्वनडाइअक्साइट न्युनीकरण संघको गठन भयो। सो संघले कार्वनडाइअक्साइट न्युनीकरण विकासको कार्यन्वयन गर्ने वचन दिएको छ। वार्सा जलवायु सम्मेलनमा सहभागी वान ख बोर्डका अध्यक्ष वाङ शले आफ्नो व्यवसायको प्रयासबारे जानकारी दिँदै भन्नुभयो

            "वान ख कम्पनी वातावरण हरित भवनको निर्माणमा प्रयासरत हुँदै आएको छ। यसको लागि प्रतिवर्ष थप एक अर्ब चिनियाँ युआन बराबर रकम छुट्टयाउने गर्दछौं। सामान्य भवनहरुसँगको दाँजोमा यस्ता हरित भवनहरुले खर्च गरेको उर्जाको परिमाण 40-30 प्रतिशत कम हुन्छ यसले गर्दा कार्वनडाइअक्साइटको निष्काशनलाई ठूलो मात्रामा घटाउन सकिन्छ।"

             वास्तवमा वाङ शले जलवायु सम्मेलनमा भाग लिनुभएको यो पहिलो पटक होइन। बितेका वर्षहरुमा उहाँले विविध तरिकामार्फत विभिन्न वातावरण संरक्षण कार्यक्रममा सकारात्मक भूमिका निर्वाह गरिरहनुभएको छ।

             वाङ ख कम्पनी मात्र होइन चीनमा सबभन्दा ठूलो घरेलु इलेक्टोनिक प्रबन्ध उत्पादक हाइअरले पनि उर्जाको किफायत प्रविधि तथा उर्जा किफायत घरेलु इलेक्टोनिक प्रबन्धलाई प्रचार गर्दै आएको छ। हाइअर समूह बैदेशिक योजना विभागका महाप्रबन्धक सुन युङलेले यसबारे जानकारी दिँदै भन्नुभयो

             "उत्पादित वस्तुको अनुसन्धान तथा विकास क्षेत्रमा हाइअरले उर्जा किफायत वस्तु तथा हरित वातावरणीय निर्माण क्षेत्रमा कोशिश गर्दै आइरहेको छ। हाम्रो वस्तुमा कम कार्वनडाइअक्साइट निष्काशन प्रविधिको व्यापक प्रयोग गरिन्छ। हामीले उत्पादन गरेका एसीहरुमा उर्जाको खपत सूची राखिएको छ र प्रतिवर्षमा हरेक एसीले निष्काशन गरेको कार्बनडाइअक्साइटको परिमाण 523.5 किलोग्राम कम हुन्छ। प्रयोग गर्न नसकिने वा पुराना इलेक्टोनिक प्रबन्धको फिर्ता सम्बन्धमा हाइअरले चीनमा पहिलो राष्ट्रिय पर्यावरणीय औद्योगिक पार्कमा लगानी गरेर निर्माण गरेको हो। यस पार्कमा प्रयोग गरिएका घरेलु इलेक्टोनिक प्रबन्धको फिर्ता लिन्छ र ती प्रबन्धहरुले गरेको वातावरणको प्रदूषणलाई घटाइन्छ। साथै यस पार्कमा पुनः प्रयोग गरिने सामग्रीहरुको पनि फिर्ता लिइन्छ।"

             कार्वनडाइअक्साट निष्काशन न्युनीकरण तथा उर्जाको किफायत क्षेत्रमा चीनले चालेका कदमहरु तथा गरेका कामहरुको समर्थन अन्तर्राष्ट्रिय क्षेत्रले दिएको र हासिल गरिएका उपलब्धिहरुको स्विकृति गरेको छ। वर्ड रिसोस इन्स्टिच्युट विश्वव्यापी वातावरण तथा विकास सम्बन्धी बुद्धिजीवी परिषद हो र यसले वातावरण, समाज तथा अर्थतन्त्रको संयुक्त विकासको अध्ययन गर्ने गर्दछ। यस संस्थाले चीनका धेरै शहरहरुसँग सहयोग गरिरहेको छ र कम कार्वनडाइअक्साइट शहर बनाउने, कम कार्वनडाइअक्साइट जीवनको प्रचार क्षेत्रमा परामर्श तथा प्राविधिक समर्थन दिन्छ। यस संस्थाका अध्यक्ष आन्ड्रउ स्टिरले ती सहयोगहरुबारे चर्चा गर्दै भन्नुभयो

             "चीनले हासिल गरेका उपलब्धिहरु उत्तम छन्। हामीले छङतु, छिङताउ शहरसँग सहयोग गरेका छौं। ठूलो फरक भएका यी दुईटा शहरमा विकासको सही बाटोको खोजी गर्दै छन्। ती दुईटा शहरलाई सहयोग उपलब्ध गराउनुका साथै ती सहयोग क्रममा अझ धेरै अनुभव पनि पाउन सक्छौं। ती अनुभवहरु पछि विश्वका अन्य क्षेत्रमा लैजान सकिन्छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह