फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्रीको 19 वर्षपछि रुमेनिया भ्रमण

(GMT+08:00) 2013-11-22 19:36:17

     रुमेनियाका प्रधान मन्त्री भिक्टोर पान्ताको निमन्त्रणामा चीनका प्रधान मन्त्री ली खछ्याङले आगामी पच्चीसदेखि सत्ताइस तारिखसम्म रुमेनियाको औपचारिक भ्रमण गर्नुका साथै त्यहाँ आयोजना हुने चीन-मध्य तथा पूर्वी यूरोपेली मुलुक शिखर वार्तामा भाग लिने कार्यक्रम छ।

     चीनका उप परराष्ट्र मन्त्री सोङ थाउले आज आयोजित पत्रकार सम्मेलनमा उहाँको भ्रमणबाट चीन-रुमेनिया बीचको वस्तुगत सहयोगमा प्रगति हासिल हुने आशा व्यक्त गर्नुभयो।

     उप परराष्ट्र मन्त्री सोङका अनुसार, प्रधान मन्त्री लीको यो भ्रमण उहाँले प्रधानमन्त्री पद सम्हाल्नेपछिको पहिलो मध्य तथा पूर्वी यूरोपेली मुलुकको भ्रमण हो। अनि विगत 19 वर्षपछि चिनियाँ प्रधान मन्त्रीले गर्नुहुने पहिलो रुमेनिया भ्रमण पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह