फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा चिनियाँ र युरोपेली जनताको हितमा जोड

(GMT+08:00) 2013-11-23 19:21:06

          चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो 22 तारिख बेलायती टेलिग्राफ अखवारमा "चीन र युरोपबी अझ घनिष्ठ साझेदारी सम्बन्धमा फाइदा पुग्ने" शीर्षकमा एउटा लेख लेख्नुभएको छ। उहाँले चीन र युरोपले अवसरको प्रयोग गरी आपसी सहयोगबाट प्राप्त उपलब्धीद्वारा दुवै पक्षका जनतालाई फाइदा दिन आह्वान गर्नुभएको छ।

           प्रधानमन्त्री लीले सो लेखमा वर्तमान अवस्थामा विश्वले आर्थिक पुनःरुत्थानको कठिन घडी महशुस गरिरहेको र यसमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि सँगसँगै मिलेर आपसमा सहयोग जारी राख्नुपर्ने उल्लेख गर्नु भएको छ। त्यसका साथै आ-आफ्नो जिम्मेवारी राम्ररी बहन गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री लीले केही युरोपेली मुलुकले आर्थिक संकटमा पनि प्रगति गरेकोमा आफूलाई खुसी लागेको उल्लेख गर्नुभएको छ। युरोपेली संघको अर्थतन्त्र स्थिर स्थिति देखिएको र चिनियाँ अर्थतन्त्र पनि राम्रो रहेको उहाँले औँल्याउनु भएको छ।

           चीनको आधुनिकीकरणलाई साकार तुल्याउनका लागि चीन र बेलायत लगायत युरोपका 2 अर्ब जनताका लागि आपसी हित र साझा विजयको सहयोगलाई ऐतिहासिक अवसरका रुपमा प्रधानमन्त्री लीले आफ्नो लेखमा औँल्याएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह