फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व धार्मिक तथा शान्ति सम्मेलनमा नागरिक हक-अधिकारमा जोड

(GMT+08:00) 2013-11-23 19:23:32
          नवौं विश्व धार्मिक तथा शान्ति सम्मेलन हिजो बाइस तारिख अस्ट्रियाको राजधानी भियनामा सम्पन्न भएको छ। उक्त सम्मेलनमा पारित 'भियना घोषणा-पत्र'मा नागरिकको हक-अधिकारको प्रवर्द्धन गरी धार्मिक उग्रवादको निन्दा गर्न आह्वान गरिएको छ।

           तीन दिनसम्म चलेको उक्त सम्मेलनले विश्व धार्मिक तथा शान्ति सम्मेलनका लागि नयाँ नेतृत्व पनि चयन गरेको छ। चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवं चीनको धार्मिक क्षेत्र शान्ति समितिका अध्यक्ष पाग्बाल्हा गेलेग नाम्ग्याइ मनार्थ अध्यक्ष बन्नुभएको छ भने चीनको धार्मिक क्षेत्र शान्ति समितिका उपाध्यक्ष एवम् चीनको ताउ धर्म स‌घका अध्यक्ष रन फारोन संयुक्त अध्यक्ष बन्नुभएको छ।

           विविधतालाई अंगालौं—मानवको सम्मानता, नागरिकको बोध तथा हितकल्याण आदानप्रदान गरौं भन्ने मुख्य नारा लिएको सो सम्मेलनमा 100वटा मुलुक तथा क्षेत्रका 700जना धार्मिक व्यक्तिहरु तथा सम्बन्धित अन्तर्राष्ट्रिय संगठन वा समुदायका प्रतिनिधिहरुले भाग लिएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह