फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साइनोपेकको विस्फोटनमा मारिएको संख्या 47

(GMT+08:00) 2013-11-23 15:24:23

         हिजो बाइस तारिख विहान दुई बजे, साइनोपेकको ह्वाङथान तेल पाइपबाट कच्चा तेल चुहुन थालेको थाहा पाएर मर्मत कार्य भइरहेका बेला विहान साढे दश बजेतिर उक्त पाइप विस्फोट भएर आगलागी भयो। उक्त विस्फोटनले छिङताउ ली तुङ रासायनिक कारखानाका आंशिक प्रबन्धलाई ध्वस्त पारिदिएको छ। विस्फोटन भएको स्थानबाट प्राप्त जानकारी अनुसार, उक्त दुर्घटनामा परी मारिएकाहरुको संख्या 47 सम्म पुगेको छ।

विस्फोटनमा घाइते भएर अस्पतालमा उपचार गराइरहेका संख्या 133 रहेको छ भने बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ।

           आज विहान सात बजेसम्म विस्फोटित क्षेत्रलाई सफा गर्नको लागि छिङताउ समुद्री मामिला व्यूरो लगायतका विभागहरुले बाइस वटा सफा गर्ने जहाज तथा दश वटा माछा मार्ने जहाज खटाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह