फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साइनोपेकको विस्फोटनप्रति चिनियाँ नेताको चासो

(GMT+08:00) 2013-11-23 08:25:49

          चीनका राष्ट्राध्यक्ष सी चिफिङ तथा प्रधान मन्त्री ली खछ्याङले हिजो बाइस तारिख बेग्ला बेग्लै रुपमा साइनोपेकको ह्वाङथान तेल पाइप विस्फोटन घटना सम्बन्धि महत्वपूर्ण निर्देशन दिनुभएको छ।

          राष्ट्राध्यक्ष सीले शानतुङ प्रान्त तथा सम्बन्धित विभागहरुले खतरालाई समयमै हटाइ बेपत्ता तथा घाइतेहरुको खोजीकार्य तीब्र रुपमा गर्न आग्रह गर्नुभएको छ। साथै दुर्घटनाको कारण पत्ता लगाइ सुरक्षित उत्पादनको प्रवर्द्धन गर्नुपर्ने पुष्टि गर्नुभयो।

           त्यसैगरी प्रधान मन्त्री लीले बेपत्ता तथा घाइतेहरुको खोजी गरेर खतरा श्रोतलाई पन्छाउनुपर्ने औंल्याउनुभएको छ। उहाँले दुर्घटनापछिका कामहरुको उचित संचालन गरी सुरक्षा प्रवन्ध सबल पार्न निर्देशन दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह