फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"लाह्साको फोक्सो" संरक्षणमा 70 करोड चिनियाँ युआन

(GMT+08:00) 2013-11-23 19:26:32

           तिब्बत स्वायत्त प्रदेश लालु सिमसार प्राकृतिक संरक्षण क्षेत्रको सञ्चालन व्युरोका अनुसार ल्हासा शहरले "ल्हासाको फोक्सो" अर्थात् लालू सिमसार प्राकृतिक संरक्षण क्षेत्रको पर्यावरण र वातावरणको संरक्षण गर्न 70 करोड चिनियाँ युआन लगानी गर्ने योजना बनाएको छ।

           प्राप्त जानकारीअनुसार लालू सिमसार क्षेत्र प्राकृतिक संरक्षण क्षेत्रको सञ्चालन व्यूरोले तर्जुमा गरेको "तिब्बत स्वायत्त प्रदेशको लालू सिमसार क्षेत्र प्राकृतिक संरक्षण क्षेत्रको सम्पूर्ण योजना" मा 15 वटा परियोजना समावेश छन्। त्यसले मुख्य क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने, विभिन्न सन्जाल मार्फत पर्यावरणको पुनःर्स्थापन गर्ने, सिमसार क्षेत्रलाई विस्तृत परियोजना र सिमसार संग्रहालय निर्माण गर्ने जस्ता लक्ष्य राखेको छ। प्रकाश संश्लेषणमार्फत हरेक वर्ष लालू सिमसार क्षेत्रले 78 हजार 8 सय टन कार्बन डाइअकसाइड अवशोषित गर्नसक्छ र 57 हजार टन ओक्सीजन बनाउनसक्छ। त्यसैले लालू सिमसार क्षेत्रलाई "लाह्साको फोक्सो" भनिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह