फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका 22 युवा क्रिकेटर दोस्रो चरणमा

(GMT+08:00) 2013-11-23 19:27:26

           नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू-19 एसिया कप क्रिकेटको तयारीका लागि दोस्रो चरणको प्रशिक्षणमा 22 खेलाडीलाई हिजो शुक्रबार छनोट गरेको छ। प्रतियोगिता डिसेम्बर 28 देखि जनवरी 4 सम्म यूएईमा हुनेछ। क्यानले काठमाडौंमा भएको यू-19 राष्ट्रिय प्रतियोगिताबाट एक साताअघि 33 खेलाडी छनोट गरेको थियो। पहिलो चरणमा प्रशिक्षणपछि क्यानले दोस्रो चरणका लागि 22 खेलाडी छानेको हो। क्यानले निकालेको नामावलीमा अहिले नै भुवन कार्कीलाई कप्तानीको जिम्मेवारी सुम्पेको छ। उनले यसअघि पनि नेपाललाई सम्हालिसकेका छन्। यस्तै, टिममा अमित श्रेष्ठ, प्रकाश विष्ट, हरिशंकर साह, आकाश विष्ट, सुसन भारी, ललितसिंह भण्डारी, विभत्सु थापा, दिलीप नाथ, सोमेश यादव र सिद्धार्थ लोहनी छन्। इर्साद अहमद, यज्ञमान कुमाल, सुशील कँडेल, राहुलप्रताप सिंह, राजु रिजाल, सुनील धमला, सोमपाल कामी, प्रेम तामाङ, रामनरेश गिरी, आरिफ शेख र अमरसिंह रौटेला पनि दोस्रो चरणको छनोटमा अटाउन सफल रहे। आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। नेपालसँगै टेस्ट मान्यता टिम भारत र पाकिस्तान छन् भने अर्को एक टिम यूएई हो। समूह 'बी' मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया छन्।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह