फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वार्सा जलवायु सम्मेलन सम्पन्न

(GMT+08:00) 2013-11-24 19:02:04

     'संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन प्रारुप सन्धि' उन्नाइसौं सम्मेलन अर्थात् 'क्यूरो प्रोटोकल'को नवौं सम्मेलन हिजो तेइस तारिख वार्सामा सम्पन्न भएको छ।

         विकासोन्मुख मुलुकका उचित मागलाई पूरा गर्न नसकेता पनि सो सम्मेलनमा चिनियाँ प्रतिनिधि मण्डलले कार्बनडाइअक्साइट न्युनीकरणलाई अडानका रुपमा प्रस्तुत गरेको छ।

          चिनियाँ प्रतिनिधिले जानकारी दिए अनुसार, यस पटकको सम्मेलनमा तीनवटा विषयले विभिन्न पक्षहरुको ध्यान खिच्न सफल भएका छन्। सम्मेलनले दर्बान प्ल्याटफोर्म, क्षतिको आपूर्ति प्रणाली र पूँजी समस्या जस्ता तीनटा विषयमाथि व्यापक छलफल गरेको छ र सबैलाई सन्तुष्ट पार्न नसकेपनि सहमतिमा पुग्ने नतिजा प्राप्त भएको हो।

          एघार तारिख शुरु भएको सो सम्मेलन निर्धारित योजनानुसार बाइस तारिख सम्पन्न हुनुपर्ने थियो तर जलवायु परिवर्तनको आधारभूत सिद्धान्त, क्षतिको आपूर्ति प्रणाली तथा पूँजी समस्या सम्बन्धमा विकसित मुलुक तथा विकासोन्मुख मुलुकबीच ठूलो मतभेद भएकोले सम्मेलन एक दिन लम्बिएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह