फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानको आणविक वार्तामा सम्पन्न

(GMT+08:00) 2013-11-24 19:02:58

        लामो समयसम्म वार्ता जारी भएपछि इरानको आणविक समस्या सम्बन्धि छ मुलुक(अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन र जर्मनी) र इरान बीच स्विजल्याण्डको जेनेभामा चरणबद्ध सम्झौता सम्पन्न भएको छ। दश वर्षसम्मको अप्ठ्यारो पार भएपछि इरानको आणविक समस्यामा ऐतिहासिक मोड देखा परेको छ।

        आज अर्थात् चौब्बीस तारिख विहान पाँचौ दिनसम्म जारी भएको इरानको आणविक समस्या सम्बन्धि वार्तामा महत्वपूर्ण मोड देखा परेको हो। यूरोपेली संघ कूटनीति तथा सुरक्षा नीति सम्बन्धि उच्च प्रतिनिधि क्याथरिन आस्टनका प्रवक्ता माइकल मानले सोही दिनको विहान तीन बजेतिर इरान तथा अन्य छ मुलुक बीच आणविक समस्या सम्बन्धमा एउटा सम्झौता सम्पन्न भएको सार्वजनिक गर्नुभयो।

          उता इरानका विदेश मन्त्री एवं प्रथम वार्ताकार मोहमद जाभेद जारिफले सहमति भएको कुरा पुष्टि गर्नुभएको छ।

         छलफलपछि सम्झौता हस्ताक्षर समारोह जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भएको हो। इरानको आणविक समस्या सम्बन्धि छ मुलुक र इरानका विदेश मन्त्रीले आज विहान चार बजेतिर सम्झौतामा हस्ताक्षर गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह