फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान आणविक समस्या समाधानमा चीनको महत्वपूर्ण भूमिका

(GMT+08:00) 2013-11-24 19:03:33

       आज विहान इरानको आणविक समस्या सम्बन्धि महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। वार्तामा सहभागी चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले जेनेभामा कूटनीतिक उपायमार्फत इरानको आणविक समस्याको समाधानमा यो महत्वपूर्ण पाइला भएको विचार व्यक्त गर्नुभएको छ।

         चिनियाँ परराष्ट्र मन्त्री वाङले उक्त सम्झौताको स्वागत गर्दै वार्तामा विभिन्न पक्षले देखाएको लचिलोपन र वस्तुगत धारणाको प्रशंसा गर्नुभयो। अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणाली र मध्य पूर्व क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षणका लागि यो सम्झौता हितकर भएकाले विभिन्न पक्षले इरानसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने र इरानी जनताको जीवन सरल र सहज हुने चिनियाँ परराष्ट्र मन्त्री वाङले औंल्याउनुभयो।

        परराष्ट्र मन्त्री वाङले इरानको आणविक समस्या वार्तामा एक महत्वपूर्ण सदस्य स्वरुप चीनले मतभेदलाई हटाउन प्रयास गर्दै र सम्झौता सम्पन्न हुने क्रममा आफ्नो भूमिका र दायित्वलाई निर्वाह गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह