फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सम्पन्न आणविक सम्झौतालाई इरानीद्वारा स्वागत

(GMT+08:00) 2013-11-24 19:04:23

        चौब्बीस तारिख विहान सबेरै जेनेभामा इरान तथा इरानको आणविक समस्या सम्बन्धि छ मुलुकबीच सम्पन्न सम्झौतालाई इरानी पदाधिकारीले ठूलो कूटनैतिक बिजयका रुपमा लिएका छन्। इरानको औद्योगिक तथा वाणिज्य क्षेत्रका व्यक्तिहरु तथा जनताले पनि इरानको आणविक समस्या सम्बन्धी वार्ताले गतिरोध तोडेकोमा खुशी प्रकट गरेका छन्।

         इरानी राष्ट्रपति हसान रौहानीले आज चौब्बीस तारिख जेनेभामा आयोजित पत्रकार सम्मेलनमा इरानले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। विश्वका ठूला मुलुकले इरानको आणविक अधिकारलाई स्वीकार गरेको भन्दै इरानमा रहेका सबै आणविक भट्टीहरुको संचालन जारी रहने उहाँले स्पष्ट पार्नुभयो। सम्बद्ध छ मुलुकले सम्झौतालाई राम्ररी कार्यन्वयन गरेमा इरानले पनि सम्झौतालाई व्यवहारमा उतार्ने बताउनुभयो।

         इरानी विदेश मन्त्री एवम् प्रथम वार्ताकार मोहमद जारिफले सम्झौता सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा सो सम्झौता नै इरानी जनताले बाह्य दबावको विरोध गर्दा हासिल गरेको महत्वपूर्ण बिजय रहेको भन्दै इरान लक्षित इजरायलको कुचेष्टालाई भङ्ग पारेको औँल्याउनुभयो।

        साथै इरानको औद्योगिक तथा वाणिज्य क्षेत्रले पनि उक्त सम्झौताको स्वागत गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह