फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङको भ्रमण

(GMT+08:00) 2013-11-25 18:31:57

         चीनका प्रधानमन्त्री ली ख छ्याङ नोभेम्बर 25 तारिख विहान विशेष विमानद्वारा पैचिंगबाट रोमानियाको औपचारिक भ्रमण गर्न त्यहाँ प्रस्थान गर्नुभएको छ। यो चालू वर्षभित्र ली ख छ्याङको तेस्रो विदेश भ्रमण हो र चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि चीनका मुख्य नेताको पहिलो भ्रमण हो।

          जनाए अनुसार, उन्नाइस वर्ष यता चीनका प्रधानमन्त्रीले रोमानियाको भ्रमण गर्नलागेको हो। रोमानियाको भ्रमण अवधिमा ली ख छ्याङ चीन-मध्य तथा पूर्वी यूरोपका नेताहरुको वार्तामा उपस्थित हुनुहुने छ। त्यसपछि ली ख छ्याङ उज्बेकिस्तानमा आयोजना हुने शांगहाई सहयोग संगठनका सदस्य मुलुकहरुका प्रधानमन्त्रीहरुको बाह्रौं वार्तामा सहभागी हुनुहुने छ।

         चीनको परराष्ट्र मन्त्रालयका अनुसार, यस पटकको चीन-मध्य तथा पूर्वी यूरोपका नेताहरुको वार्ताले सहयोग सिद्धान्त निश्चित गर्ने, सहयोग परियोजनाको तर्जुमा गर्ने तथा सहयोगका लागि महत्वपूर्ण कदमको घोषणा गर्ने छ। साथै सो वार्ताले उपलब्धिको एक दस्तावेज प्रकाशित गर्ने छ।

          ली ख छ्याङले शांगहाई सहयोग संगठनका प्रधानमन्त्रीहरुको वार्तामा सम्बोधन गर्दै शांगहाई सहयोग संगठनको व्यावहारिक सहयोगको उपलब्धि र अनुभवको समिक्षा गर्नुका साथै सहयोगबारे प्रस्ताव प्रस्तुत गर्नुहुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह