फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्वारा इरान र छ मुलुकबीच प्राप्त आणविक सम्झौताको स्वागत

(GMT+08:00) 2013-11-25 18:32:37

           इरान र इरानको आणविक समस्यासम्बन्धी छ मुलुकका विदेश मन्त्रीहरुले नोभेम्बर 24 तारिख विहान सबेरै जेनेभामा इरानको आणविक समस्याको समाधानका लागि पहिलो चरणको कदमसम्बन्धमा सम्झौता प्राप्त गरेका छन्। यसै बीच इरानको आणविक समस्याको समाधानका लागि महत्वपूर्ण पाइला अघि बढेको भन्दै अन्तर्राष्ट्रिय समाजले यसको स्वागत गरेको छ।

           संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले उहाँका प्रवक्तामार्फत एक वक्तव्य प्रकाशित गर्दै इरानको आणविक समस्यासम्बन्धी पहिलो चरणको सम्झौताको स्वागत गर्नुभयो।

           चीनका परराष्ट्र मन्त्री वाङ यिले सो सम्झौता अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीको संरक्षण गर्नका लागि, मध्य-पूर्व क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्नका लागि, विभिन्न पक्ष र इरानबीचको सामान्य आदान-प्रदानका लागि तथा इरानका जनताले अझै राम्रो जीवन बिताउनका लागि हितकर भएको बताउनुभयो।

           अमेरिकी राष्ट्रपति बाराक ओबामाले दश वर्षअघिदेखि सञ्चालित इरानको आणविक परियोजना पहिलो पटक स्थगन भएको भन्दै इरानले आणविक हतियारको उत्पादन क्षमता सिमित पारिने बताउनुभयो।

          रुसको विदेश मन्त्रालयको वेभसाइटले प्रकाशित गरेको वक्तव्यअनुसार, सो सम्झौताबाट मध्य-पूर्व क्षेत्रको परिस्थितिमा प्रभाव पर्ने जनाएको छ।

         फ्रान्सका राष्ट्रपति फ्रास्वाँ होलान्डले विभिन्न पक्षबीच इरानको आणविक समस्याबारे प्राप्त भएको सम्झौता "सही दिशामा लम्किएको महत्वपूर्ण पाइला" भएको बताउनुभयो।

         यूरोपेली परिषदका अध्यक्ष हर्मान भोन रोम्पुइले इरानको आणविक समस्यासम्बन्धी छ मुलुक र इरानबीच प्राप्त भएको सम्झौता इरान तथा अन्तर्राष्ट्रिय समाजका लागि एक महत्वपूर्ण पाइला भएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह