फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज एमाओवादीको केन्द्रीय समिति बैठक

(GMT+08:00) 2013-11-25 18:33:55

         एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक सोमबारबाट पेरिसडाडँमा शुरु भएको छ । बैठकले दोस्रो संविधानसभाको चुनावबारे समीक्षा गर्दै आगामी कार्यनीति तय गर्ने बताइएको छ ।

           बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गुर्नहुने र केन्द्रीय सदस्यहरुले देशैभरिको चुनावी स्थितिको रिपोटिङ गर्ने बताइएको छ । एमाओवादी बैठकमा चुनावमा भएका धाँधलीका प्रमाणको संकलन गर्ने र त्यसका लागि 1सय 40निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गर्नेबारे छलफल हुने स्रोतले बताएको छ । आइतबार सम्पन्न पूर्वपोलिटब्यूरो तथा राज्य समिति इञ्चार्जहरुको बैठकले धाँधलीको विरोधमा देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।

          केन्द्रीय समितिको बैठक चलिरहेका बेला सोमबार बेलुका पेरिसडाडाँमै संघीय समाजवादी र मधेसी जनअधिकार फोरम लगायतका पहिचान पक्षधर दलहरुसँग एमाओवादीले वार्ता गर्ने भएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह