फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा पूर्वी समुद्री क्षेत्रमा रक्षात्मक वायु मन्डलको निगरानी गर्ने घोषणा

(GMT+08:00) 2013-11-25 18:37:52

            चीन सरकारले गत 23 तारिख विहान पूर्वी समुद्री क्षेत्रमा रक्षात्मक वायु मन्डलको निगरानी गर्ने घोषणा गरेको छ। चीनले पहिलो चरणमा रक्षात्मक वायु मन्डलको निगरानी गर्ने विषयमा रक्षा मन्त्रालयका प्रवक्ता याङ्ग यु जुनले चीनको उक्त गतिविधि आफैलाई प्रभावकारी संरक्षण गर्नका लागि चलाउन आवश्यक कदम रहेको बताउनुभयो। उहाँका अनुसार यो रक्षात्मक वायु मन्डल कुनै पनि मुलुकप्रति लक्षित नभएको बताउँदै पूर्वी समुद्र वायु क्षेत्रको स्वतन्त्रमा प्रभाव नपार्ने औँल्याउनुभयो। चीनको सैनिक मामिला सम्बन्धी विशेषज्ञले पनि रक्षात्मक वायु मन्डल तोक्नु चीनको समुद्र रक्षा र वायु रक्षालाई बलियो बनाउने एउटा कार्य भएको टिप्पणी गरेका छन्।

              वास्तवमा रक्षात्मक वायु मण्डलको निगरानी सारा विश्वको सामान्य कदम हो। गत शताब्दीको पचास दशकदेखि अमेरिका,क्यान्डा,जापान आदि मुलुक एकपछि अर्को गरी आ-आफ्ना रक्षात्मक वायु मण्डलको निगरानी गर्दै आएका छन्। चीनले पूर्वी समुद्री क्षेत्रमा रक्षात्मक वायु मण्डल तोक्ने लक्ष्यप्रति प्रवक्ता याङ्ग यु जुनले यसरी भन्नुभयो: अन्तर्राष्ट्रिय बैधानिक गतिविधिबमोजिम पूर्वी समुद्री क्षेत्रमा रक्षात्मक वायु मण्डलको निगरानी राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षणलाई सोचेर गरिएको हो। यो कार्य चीनको एउटा प्रभावकारी र खास गरी आफैँलाई संरक्षण गर्ने आवश्यक कदम हो।

              चीनको उक्त गतिविधि सम्बन्धी अन्तर्राष्ट्रिय कानून,संयुक्त राष्ट्र संघीय बडा-पत्र र चिनियाँ कानूनसित पनि अनुकूल छ। संयुक्त राष्ट्र संघीय बडा-पत्रको कानूनबमोजिम सार्वभौमिक मुलुकले अन्य देशका अन्तरिक्ष यान आफ्नो वायु क्षेत्रमा प्रवेश गर्नेमा आवश्यक पूर्वधार र नियम तोक्ने अधिकार रहेको छ। यसप्रति चिनियाँ सैनिक विशेषज्ञ चाङ्ग जुनले भन्नुभयो: संयुक्त राष्ट्र संघीय बडा-पत्रको 51 औं धारा बमोजिम सार्वभौमिकता मुलुकसँग आत्मरक्षा अधिकार छ। साथै सार्वभौमिकता मुलुकसँग विदेशी अन्तरिक्ष यान आफ्नो वायु क्षेत्रमा प्रवेश गर्नेमा आवश्यक पूर्वाधार र नियम निर्धारित गर्ने अधिकार छ।

             चीन सरकारले सार्जनिक गरेको विज्ञप्तिअनुसार पूर्वी समुद्री क्षेत्रमा निगरानी गर्ने रक्षात्मक वायु मन्डलको व्यवस्थापन संस्था चीनको रक्षा मन्त्रलाय हो। हैसियतको सुनिश्चित गर्न अस्वीकार गर्ने वा चीनद्बारा पठाइने आदेश नमान्ने विदेशी अन्तरिक्ष यानप्रति चीनको सशस्त्र शक्तिले रक्षात्मक कदम चाल्न सक्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह