फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा व्हाङथान तेल पाइप विस्फोटनक्षेत्रको अवलोकन

(GMT+08:00) 2013-11-25 18:38:39

            चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्गले हिजो चौब्बीस तारिख व्हाङ्ग ताउ टापुको आर्थिक विकास क्षेत्रमा उत्पन्न व्हाङथान तेल पाइप विस्फोटनको उद्धार कार्यको निरीक्षण गर्नुभयो। विस्फोटन क्षेत्रको निरीक्षणपछि राष्ट्राध्यक्ष सीले सुरक्षित उत्पादन सम्बन्धी जिम्मेवार प्रणालीको स्थापना गरी व्यवसायको मुख्य दायित्वलाई मजबुत पारेर दुर्घटनाको अनुभवबाट सुरक्षित उत्पादनका विभिन्न कार्यलाई मजबुत पार्नुपर्ने कुरामा जोड दिनुभयो।

           राष्ट्राध्यक्ष सीले हिजो दिउँसो छिङ्ग ताउ पुगेर छिङ्ग ताउ विश्वविद्यालय मातहतको व्हाङ्ग ताउ शाखा अस्पतालमा दुर्घटनामा घाइते भएका व्यक्ति र मृतकका बारेमा जानकारी लिनुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह