फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थेन आन मन चोकको आतंकवादी आक्रमणमा आतङ्कवादी संगठनको संलग्नता पुष्टि

(GMT+08:00) 2013-11-25 18:39:04

            विश्वका आतंकवादी संगठनको निगरानी गर्ने अनुसन्धान संस्था एसआइटीईको एक प्रतिवेदनअनुसार "पूर्वी तुर्किस्तान इस्लामिक समूह"नामक एक संगठनले इन्टरनेटमार्फत एउटा भिडियो सार्वजनिक गरेको छ। सो संगठनले उक्त भिडियोमार्फत गत अक्टोबर अठाईस तारिख पैचिङको केन्द्र भाग थेन आन मन चोकको आतंकवादी आक्रमण काण्डको जिम्मेवारी लिएको छ। भिडियोमा अझ बढी हिंसात्मक आतंकवादी गतिबिधि मच्चाउने त्रास-धम्की पनि दिइएको छ।

            चीनको आतंकवाद विरोधी संस्थामा कार्यरत एकजना अधिकारीका अनुसार, तथाकथित "तुर्किस्तान इस्लामिक पार्टी" "पूर्वी तुर्किस्तान इस्लामिक समूह" हो। त्यो संगठनका मुख्य सदस्यहरू र नाइकेहरु मुख्यत: अफगानिस्तान र पाकिस्तानका सीमा क्षेत्रमा रहेका छन्। त्यसका शाखा संस्थाहरू टर्की र सिरियामा रहेका छन्। जुन अन्तर्राष्ट्रिय आतंकवादी शक्तिको एक अङ्ग पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह