फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तुङ्गव्हाङ्ग तेल पाइप विस्फोटन गम्भीर दायित्वपूर्ण दुर्घटना

(GMT+08:00) 2013-11-25 18:39:59

         चीनको राष्ट्रिय सुरक्षा निगरानी ब्युरोका प्रमुख याङ्ग तुङ्ग ल्याङ्गले छिङ्गताउमा उत्पन्न तुङ्गव्हाङ्ग तेल पाइप विस्फोटन काण्ड एउटा ज्यादै गम्भीर दायित्वपूर्ण दुर्घटना भएको बताउनुभयो।

           शान तुङ्ग प्रान्तको छिङ्गताउ शहरमा उत्पन्न "नोभेम्बर बाईस"साइनोपेकको तुङ्गव्हाङ्ग तेल पाइप विस्फोटन सम्बन्धी चीनको राज्य परिषद्को बिनाशकारी दुर्घटनाको छानबीन टोलीको पूर्ण बैठक छिङ्गताउमा आयोजना गरिएको छ। राष्ट्रिय सुरक्षा निगरानी ब्युरोका प्रमुख याङ्ग तुङ्ग ल्याङ्गले त्यो बैठकमा सहभागी हुँदै आज उक्त कुरा औंल्याउनुभएको हो।

           छिङ्गताउ शहर जन सरकारको प्रेस कार्यालयको सरकारी माइक्रोब्लगले आज जनाएअनुसार, साइनोपेकको तुङ्गव्हाङ्ग तेल पाइप विस्फोटन काण्डमा ज्यान गुमाएका केही मृतकको पहिचान निश्चित गरिएको छ। नोभेम्बर चौब्बीस बेलुकी छ बजेसम्म मृतकहरूमध्ये 49 जनाको पहिचान भएको छ। तीमध्ये जम्मा 42 जना पुरुष रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह