फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाडपर्वमा संचालित सुपथ मूल्यका पसलद्वारा साडे सत्र करोडको ब्यापार

(GMT+08:00) 2013-11-26 17:38:52

         दसैं, तिहार र छठ पर्वको अवसरमा नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान र नेसनल ट्रेडिङ लिमिटेडद्वारा सञ्चालित सुपथ मूल्यका पसलहरूले 17 करोड 69 हजार रुपियाँ बराबरको ब्यापार गरेका छन्।

         2070 असोज 1 गतेदेखि 2070 मङ्सिर 3 गतेसम्म सञ्चालित सुपथ मूल्यका पसलबाट सो मूल्य बराबरको समान बिक्री भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिनुभएको छ।

         आइतबार सचिव बाँस्कोटाको संयोजकत्वमा सुपथ मूल्यका पसलको सञ्चालन तथा आपूर्ति व्यवस्थाबारेको समीक्षा बैठकमा सचिव बाँस्कोटाले सो जानकारी दिनुभएको हो।

          वैठकमा सचिव बास्कोटाले आम जनताका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थामा जोड दिन, कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न, उपभोक्ताको हितविरुद्ध काम गर्नेलाई कडा कारवाही गर्न र गुणस्तरीय वस्तु सुपथ मूल्यमा सर्व सुलभ ढङ्गले प्राप्त हुने व्यवस्था मिलाउन सम्बद्ध अधिकारीहरूलाई निर्देश गर्नुभएको थियो।

          बैठकमा वाणिज्य विभागले चालू आवमा अहिलेसम्म नौ सय पटक अनुगमन गरेको, थुनछेक गरिएको, मुद्दा चलाइएको लगायतको प्रगति प्रस्तुत गरेको थियो। त्यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागवाट एक सय सात पटक बजार अनुगमन गरिएको, म्याद ग्रुज्रेको खाद्य सामग्री, पेय पदार्थ, गुणस्तरहीन मिठाई जफत गरिएको लगायतका प्रगति प्रस्तुत गरिएको थियो।

          यसैगरी, कृषि र पशु स्वास्थ्य विभागले हरियो तरकारी, दूध, माछा–मासु लगायतको आपूर्ति व्यवस्था मिलाएको जानकारी गराएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह