फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्य तथा पूर्वी यूरोपका सञ्चार-माध्यमहरुमा ली ख छ्याङद्वारा हस्ताक्षरित लेख प्रकाशित

(GMT+08:00) 2013-11-26 17:41:59

         चीनका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर 25 तारिखका दिन मध्य तथा पूर्वी यूरोपेली मुलुकहरुका सञ्चार-माध्यमहरुमा "अनेकन् पहाड र नदी-नाला पार गरी आएको सन्देश---दोस्रो चीन-मध्य तथा पूर्वी यूरोपेली मुलुकहरुका नेताहरुको सम्मेलन आयोजना हुनलागेको बेलामा लेखिएको" शीर्षकमा आफ्नो हस्ताक्षरित लेख प्रकाशित गर्नुभएको छ।

           सो लेखअनुसार, साठी वर्षभन्दा अघि नयाँ चीन स्थापना भएको बेलामा मध्य तथा पूर्वी यूरोपका मुलुकहरुले सर्वप्रथम नयाँ चीनलाई मान्यता दिएका थिए। लामो समयदेखि प्राकृतिक प्रकोप तथा आर्थिक कठिनाइको अवधिमा दुई पक्षले एक अर्कालाई सहयोग गरेका छन्। यो मित्रवत् सम्बन्ध चीन र मध्य तथा पूर्वी यूरोपेली मुलुकहरुका जनताको मनमा बसिरहने छ। 21औं शताब्दीमा चीनको सुधार तथा खुलापन नयाँ चरणमा प्रवेश गरेको छ। मध्य तथा पूर्वी यूरोपका मुलुकहरुको आर्थिक विकासले सकारात्मक प्रगति हासिल गरेको छ।

          सन् 2012मा चीन र मध्य तथा पूर्वी यूरोपेली मुलुकहरुबीचको व्यापारिक रकम 50 अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो। हालसम्म चीन र मध्य तथा पूर्वी यूरोपेली मुलुकहरुबीचको व्यापारिक रकम चीन र यूरोपको व्यापारिक रकमको दश भागको एक भाग मात्र छ र दुई पक्षबीचको सहयोगका लागि ठूलो निहित शक्ति छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह